ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले ठूला राजनीतिक दलहरुबीच निर्वाचनको विषयमा बढ्दो असहमतिसम्बन्धी समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

नयाँ पत्रिका दैनिकले तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलहरुबीच सहमति बन्दै गरेकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, भूकम्पमा मृत्यु भएका ३२ जनाको अझै सनाखत हुन नसकेको समाचारलाई पनि फ्रन्टपेजमा प्रकाशित छ ।

अन्नपूर्ण पोस्ट् दैनिकको फ्रन्टपेजमा सरकार संविधान संशोधन गर्न असफल भएको समाचारले स्थान पाएको छ । त्यस्तै हुम्लाको सदरमुकाममै औषधि थन्किएको समाचारले महत्व पाएको छ ।

नागरिक दैनिकमा कृषि क्षेत्रमा सरकारले गरेको लगानी बालुवामा पानीजस्तै भएको समाचार प्राथमिकताकासाथ प्रकाशित छ । त्यस्तै प्रधानमन्त्रीसँग सत्तासाझेदार कांग्रेस सशंकित भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

राजधानी दैनिकले सशस्त्र प्रहरीको माली मिसन खारेज भएको समाचार र माओवादी-कांग्रेसबीच समबन्ध चिसिएको समाचालाई महत्व दिएको छ ।

कान्तिपुर दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीभित्रै आलोचनाको सामना गर्नु परेको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले स्थानीय निर्वाचनका लागि वातावरण बन्दै गएको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकको फ्रन्टपेजमा नेपालीलाई अमेरिका आतंक भएको समाचार र युवा कार्यक्रम भद्रगोल भएको समाचार प्रकाशित छ ।
7
1
2
6
5
4
3