ड्याम साईड क्लब १४ औं बर्षमा


पोखरा । ड्याम साइड क्लब १३ औं साधारण सभा तथा १४ औं बार्षिकोत्सब शनिबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा तिलक क्षेत्रीले क्लब स्थापनाको बेलाका स्मरण गरेका थिए । अनिल सिंहले खेलकुदमा ड्याम साईड क्लबले गरेको योगदानको चर्चा गरेका थिए ।

सो अबसरमा क्लबका पुर्व सदस्य एवं अष्ट्रेलिया एम्ब्रेसडर प्रसाद गुरुङले २० हजार र द्रोण गुरुङले १० हजार क्लबलाई आर्थिक सहयोग गरेका थिए ।

सभाले अध्यक्ष पदमबहादुर ढकालले प्रगति प्रतिबेदन, सचीव रमेशप्रसाद बरालको प्रतिबेदन र कोषाध्यक्ष राकेश श्रेष्ठको आर्थिक प्रतिबेदन सर्बसम्मत पास गरेको थियो ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रम स्वागत क्लबका सदस्य कृति बल्लब त्रिपाठीले र सचीव रमेशप्रसाद बरालले गरेका थिए ।