ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले संविधान संशोधनपछि मात्रै चुनाव गर्न सरकार र मधेसी मोर्चाबीच सहमति भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेका छन् । त्यस्तै बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु हराएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नयाँ पत्रिका दैनिकमा काठमाडौं उपत्यकाको ट्राफिक जाम, जामको कारण, यात्रुले भोग्नु पर्ने सास्ती र समाधानका उपायसहितको स्टोरी प्रकाशित छ । त्यस्तै, सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनपछि मात्रै चुनाव गर्ने सहमति भएको समाचार पनि महत्वका साथ छापिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले दलाइ लामा आउने भएपछि सभामुख ओनसरी घर्ती मगरको भारत भ्रमण रद्द भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै महोत्तरीमा लैनो भैंसी दाइजो नपाएपछि बिहे नै बिथोलिएको समाचारले पनि महत्व पाएको छ ।

आन्तरिक विवादका कारण सत्यनिरुपण तथा मेलमिलाप आयोग विघटनउन्मुख भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले जन्मेको दुई घण्टामै शिशु हराएको सामाचारलाई एंकर बनाएको छ ।

कान्तिपुर दैनिकले पनि जन्मेको तीन घण्टामै शिशु हराएको समाचारलाई महत्व दिएको छ । त्यस्तै निर्वाचनका मामलामा प्रधानमन्त्री दाहाल ‘यू टर्न’ भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

नेपाल समाचारपत्र दैनिकमा प्रहरीले सिके राउतलाई हतकडी नलगाएर माया गरेको भन्दै समाचार छापेको छ । त्यस्तै नयाँ आईजीपीबारे कांग्रेसमा विवाद भएको समाचारले पनि महत्व पाएको छ ।

गोरखापत्र दैनिकले मोर्चाको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको समाचार र वर्षमा ४० हजार क्यानसर रोगी थपिने समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
६
५
१
४
३
२