फेडररले अस्ट्रेलियन ओपन जिते,१८ औं ग्रान्ड स्लामको उपाधि


मेलबर्न (एएफपी)/ रोजर फेडररले १८ औं ग्रान्ड स्लाम जितेका छन् । आइतबार अस्ट्रेलियन ओपनको रोमाञ्चक फाइनलमा स्विट्जरल्यान्डका फेडररले स्पेनका राफाल नाडाललाई ५ सेटको प्रतिस्पर्धामा ६–४, ३–६, ६–१, ३–६, ६–३ ले पराजित गरे ।

३५ वर्षे फेडरर सबैभन्दा बढी प्रमुख उपाधि जित्ने खेलाडी हुन् । ३० वर्षे नाडाल पिट सामप्राससँगैं सर्वाधिक ग्रान्ड स्लाम जित्नेमा दोस्रो स्थानमा छन् । नाडालले १४  ग्रान्ड स्लाम जितेका छन् । २०१४ यता नाडालले पहिलो ग्रान्ड स्लाम फाइनल खेलेका हुन् ।

फेडररले २०१२ को विम्बल्डन पछि पहिलो प्रमुख उपाधि जितेका हुन् । घुँडाको चोटपछि जुलाईमा विम्बल्डन यता उनले पहिलो प्रतियोगिता खेलेका हुन् । नाडाल पनि चोटका कारण २०१६ मा धेरै समय मैदान बाहिर रहेका थिए ।