काँग्रेस बरिष्ट नेता पौडेल डेनमार्क आउँदै,जनसम्पर्क समितिलाई अधिबेशनको चटारो  


कोपेनहेगन / नेपाली काँग्रेसका बरिष्ट नेता राचन्द्र पौडेल डेनमार्कको कोपेनहेगन आउँने भएका छन्। नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिबेशनलाई सम्बोधन गर्न बरिष्ट नेता पौडेल डेनमार्क आउँन लागेका हुन्। फेब्रअरी ११ तारिख कोपेनहेगनमा हुन लागेको अधिबेशनमा पौडेल आउँने निश्चित भएको समितिका अध्यक्ष नवराज आचार्य (नविन) ले जानकारी दिए। अधिबेशनमा पुर्ब बिद्यार्थी नेता उमेश जंग रायमाझी पनि आउँने भएका छन्।

समितिले अधिबेशन सम्पन्न गर्नका लागि अध्यक्ष आचार्यको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। यस्तै पुर्ब अध्यक्ष यामलाल सुबेदीको संयोजकत्वमा ५ सदस्यीय निर्बाचन समिति समेत गठन भएको छ।नयाँ कार्यसमितिका लागि मतदानको सम्भावना देखिएको समितिमा १ हजार ७ सय ३० सदस्यता बारे टुङ्गो लागेको अध्यक्ष आचार्यले जानकारी दिए।

सन् २००५ मा  स्थापना भएको समितिका संस्थापक अध्यक्ष डोलराज पौडेल (नविन) हुन् भने सन् २००९ मा सम्पन्न पहिलो अधिबेशनबाट त्रिलोचन सापकोटा अध्यक्षमा निर्बाचित भए।  यस्तै सन् २०११ को दोस्रो अधिबेशनबाट यामलाल सुबेदी अध्यक्षमा सर्बसम्मत चुनिएका थिए । सन् २०१४ को तेस्रो अधिबेशनमा भने अलि पृथक सहमति बन्यो फलस्वरूप दुई जना अध्यक्ष बने। पहिलो बर्ष रामचन्द्र पाठक अध्यक्ष भने हाल नबराज आचार्य (नविन) अध्यक्षको रुपमा कार्यरत छन्।

चौथो अधिबेशनमा चार जना अध्यक्षका आकाक्षीहरु देखिएका छन्। काँगेस १३ औ महाधिबेशनका महासमिति सदस्य तथा पुर्ब महामन्त्री बुद्दि सापकोटा,महाधिबेशन प्रतिनिधि तथा पुर्ब उपाध्यक्ष दीपकराज रिजाल,समितिका सल्लाहकार तथा पुर्व प्रबक्ता बिरेन्द्र सिह कार्की र समितिका सल्लाहकार शैलेन्द्र अधिकारीको नाम चर्चामा रहेको छ।