आज शनिबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुमा नेपली चेली मिरा राईले ‘एडभेन्चर अफ दी इयर’को अवार्ड पाउन सफल भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै निर्वाचनसम्बन्धी थप विधेयक संसदमा पेस भएको समाचारलाई पनि सबैजसो पत्रिकाले महत्व दिएका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले निर्वाचनमा विदेशी सहायता लिए अपराध ठहरिने गरी कानुन ल्याउन लागेको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै पुनर्संचना विवादले स्थानीय निर्वाचन धकेलिँदै गएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
नयाँ पत्रिका दैनिकले गिनिज वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल नेपालीहरुको स्टोरी छापेको छ ।
कान्तिपुर दैनिकले निर्वाचनसम्बन्धी कानुन धमाधमै बन्दै गरेको समाचारसँगै मिराले एड्भेन्चर्स अवार्ड पाएका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
नागरिक दैनिकले ठूला जलविद्युत आयोजनाको काम अपेक्षाकृत गतिमा अघि नबढ्दा उज्यालोको सपना धकेलिँदै गएको समाचारलाई खास महत्व दिएर प्रकाशित गरेको छ ।
राजधानी दैनिकले स्थानीय तह पुनर्संचना प्रतिवेदन कार्यान्वयनमा शंका बढेको समाचारलई महत्व दिएको छ ।
गोरखापत्र दैनिकले कानुन नबनेकाले निर्वाचनको मिति तोक्न ढिला भएको भनी प्रधानमन्त्री पुष्पकमल दाहालले बताएको समाचारलाई महत्वका साथ फ्रन्टपेजमा प्रकाशित गरेको छ ।