रियल म्याड्रिड कोपा डेलरे बाट बाहिरियो,ट्रिबेलको सपना चकनाचुर


स्पेन/ ला लिगा लिडर रियल मड्रिड स्पेनिस कोपा डेल रे कपबाट बाहिरिएको छ। सेल्टा दे भिगो क्वाटरफाईनल खेलमा समग्रमा ४-३ ले विजयी बने पछि म्याड्रिड कोपाबाट बाहिरिएको हो। बुधबार राति भएको दोस्रो लेग २-२ को बराबरी र पहिलो लेगमा २-१ ले पराजित रियल मड्रिड सम्रगमा ४-३ ले पराजित हुदै क्वार्टरफाइनलबाटै बाहिरिएको हो।

घरेलु मैदानमा भएको खेलमा सेल्टा दे भिगोले ४४ औं मिनेटमा डानिलोको उपहार गोलबाट अग्रता लिएको थियो । ६२ औं मिनेटमा रोनाल्डोले फ्रिकिक मार्फत बराबरी गोल गरे । यस्तै ८५ औं मिनेटमा वासले गोल गर्दै सेल्टाभिगोलाई २-१ को अग्रता दिलाए । ९० औं मिनेटमा रियल मड्रिडका भासक्वेजले बराबरी गोल फर्काए । तर,मड्रिडका लागि यो पर्याप्त हुन सकेन।

रियल मड्रिडले अहिलेसम्म ८४ उपाधि जितेको छ, जसमा ३२ पटक ला लिगा छ च्याम्पियन्स लिग सबैभन्दा बढी ११ पटक जितेको रेकर्ड पनि उसकै नाममा छ । तर, अहिलेसम्म च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे एकै सिजनमा जित्न सकेको छैन ।

चिरप्रतिद्वन्द्वी बार्सिलोनाले पेप ग्वार्डिओलाको प्रशिक्षणमा २००९-१० मा लुइस इनरिकेको प्रशिक्षणमा २०१४/१५ मा टि्रबेल उपाधि जितिसकेको छ । यसले पनि रियल मड्रिडका लागि यो ठूलो सपना थियो, जुन जिदानको नेतृत्वमा सम्भव देखेको थियो । च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको थियो भने ला लिगामा लिड गरिरहेकै थियो । कोपा डेलमा पनि उसले प्रभावशाली प्रदर्शन गर्दै आएको थियो ।

तर, अघिल्लो साता सेभिल्लासँग पराजित भएपछि रियलको उडानमा केही ब्रेक लाग्यो । बिहीबार राति भने ला लिगाको मध्यक्रममा रहेको सेल्टाभिगोले रियल मड्रिडले स्तब्ध मात्र पारेन, ट्रिबेलको सपना चकनाचुर पारेको छ । तर, अझै रियल मड्रिडसँग प्रमुख दुई उपाधि ला लिगा र च्याम्पियन्स लिग जित्ने सम्भावना कायमै छ ।

प्रशिक्षक जिदानले पनि अब बाँकी दुई उपाधिका लागि केन्द्रित हुनु पर्ने बताएका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीसँग दुई प्रतियोगिता बाँकी छ र, त्यसलाई जित्न सिजनको अन्त्यसम्म खेल्नुपर्छ ।’