पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठको उम्मेद्वारी


पोखरा/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा उम्मेदवार दिने भएका छन्। १६ वर्षदेखि पत्रकारितामा क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका श्रेष्ठले आगामी नेतृत्वको लागि उम्मेदवार दिन लागेका हुन्। प्रेस चौतारी कास्कीले पत्रकार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरे पछि  महासंघको आगामी नेतृत्वका लागि श्रेष्ठको उम्मेद्वारी पक्का भएको हो।

श्रेष्ठले यस अघि महासंघ कास्कीको सचिव पदमा रहेर काम गरिसकेका छन्। पोखरामा बरिष्ट सञ्चारकर्मीको रुपमा उनि परिचित छन्। रेडियोमा आबाजको माध्यमद्वारा श्रेष्ठले थुप्रै सामाजिक तथा परोपकारी कामहरुमा समेत अभियान चलाउँदै आएका छन्।

झापा स्थायी घर भएका श्रेष्ठले झन्डै दुई  दशक यता पोखरालाई कर्मथलो बनाउँदै पत्रकारिता क्षेत्रको बिकासमा योगदान दिईरहेका छन्। हाल पोखरा चाउँथेमा परिवारसँगै बस्दै आएका श्रेष्ठलाई एक उच्च नेतृत्व क्षमता भएका पत्रकारको रुपमा हेरिदै आएको छ।