झापा एघारलाई २-० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा


पोखरा- झापा एघार फुटबल क्लबलाई २–० गोलले पराजित गदै गत वर्षको उपविजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी १५ औ आहा रारा गोल्ड कपको अन्तिम चारमा स्थान पक्का गरेको छ । आर्मीीको जितमा नवयुग श्रेष्ठ र भरत खवासले समान एक/एक गोलको योगदान दिए ।

अव आर्मीले माघ १२ गते आयोजक सहारा क्लबसंग फाइनल प्रवेशका लागी प्रतिस्पर्धा गर्नेछ । यो सिजनमा सुमन भोम्जन कप हेटौडा, दोहवी गोल्ड कप र चितवनमा संचालिन नेपाल कप गरि तिन उपाधि उचालेको आर्मी १५ औ आहा रारा गोल्ड कप उचाल्ने योजनामा छ । झापा–११ ले पाहुना टोली एएनए अमेरिकामाथि ४–१ को फराकिलो जित निकाल्देै क्वाटरफाइनल खेलको हो भने आर्मी सिधै खेलेको हो ।

पोखरा रगंशालाको फुटबल मैदानमा सोमबार भएको तेश्रो क्वारटफाइनलमा आर्मीले झापामाथि दबाब सृजना गरेपनि पहिलो हाफ गोल रहित बराबरीमा खेल्यो ।आर्मीले पहिलो हाफमा सृजना गरेका अवसरलाई सदुपयोगन गर्न नसक्दा गोलको खडेरी तोडन दोश्रो हाफ पर्खनु पर्यो । दोश्रो हाफको सुरुवातमै नवयुग श्रेष्ठले गोलको खाता खोल्दै अग्रता दिलाए । ७० औ मिनेटमा कप्तान भरत खवासले मैदानको मध्य भागबाट बल अगाडी बढाउदै विपक्षि गोलरक्षक अगाडी बढेको अवस्थामा बललाई पोष्टको दिशा दिएपछि आर्मीको सेमिफाइनल यात्रा पक्का बन्यो ।

खेलको ९ औ मिनेटमा झापाका योगेश गुरुङ्ले गरेको कडा प्रहार विपक्षि गोलरक्षकले मुस्किलले बचाए । ७९ औ मिनेटमा रन्जित श्रेष्ठले ३० गज टाढाबाट गरेको फ्रिकिक आर्मीका गोलरक्षकले पंच गदै बचाउदा गरेपछि गोल अन्र्तर घटाउने अवसरबाट झापा चुक्यो । खेलको म्याद अफ दी म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए ।
पोखरेली मैदानमा आर्मीको यो १० औ सहभागीता हो । तिन पटक फाइनल पुगेको आर्मी उपाधि विहिन बनेको थियो ।
मंगलबारको खेल संकटा क्लब र नारायणगज एफसि बंगलादेशका बिच हुनेछ ।