एमाले अध्यक्ष केपि ओलि पोखरा अाउँदै


पोखरा- नेकपा एमाले आवद्ध जनबर्गिय संगठनहरुको राष्ट्रिय भेला एंव प्रक्षिशण कार्यक्रम पोखरामा हुने भयको छ । भेला माघ ९ देखि ११ गते सम्म हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भेलाको बारेमा जानकारी दिदै मुल व्यवस्थापन समितिका संयोजक रबिन्द्र अधिकारीले प्रेस चौतारी, अनेरास्ववियु , अनेमसंघ, किसान महासंघ, जिफन्ट लगायतका विभिन्न २२ वटा एमाले आवद्ध घटक सङठनका करिब ३५० जना पदाधिकारिहरुको सहभागीता रहने जानकारी दिए । एमालेको भेला पहिलो पटक पोखरामा आयोजना गरियको युबा संघ नेपालका अध्यक्ष राजिब पाहारिले जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ नेता माधब नेपाल, उपाध्यक्ष बामदेब गौतम ,महासचिब इश्वर पोख्रेल, सचिबत्रय पृथ्बी सुब्बा गुरुङ, गोकर्ण बिस्ट, योगेश भट्टराई, केन्द्रिय सदस्य रबिन्द्र अधिकारी लगायतले विभिन्न विषयमा प्रशिक्षण दिने छ । भेलाको एमाले अध्यक्ष के पि ओलिले आइतबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भेलाले सम्बिधान कार्यान्वयनको निम्ति र समसामयिक राजनीतिको बारेमा महत्वपूर्ण दिशा निर्देश गर्ने संयोजक अधिकारिले जानकारी दिए । रबिन्द्र अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन राजिब पाहारिले गरेका थिए।