सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले हराउँदै आयोजक सहारा अन्तिम चारमा


पोखरा – आयोाजक सहाराले पहुना टोली सिक्किम युनाइटेड भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ । पोखरा रगंशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा निर्धारित र अतिरिक्त गरि १ सय २० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइबेकरबाट गरिएको थियो । टाइबेकरमा सिक्किमका खेलाडी गोल गर्न चुकेपछि पहिलो खेलबाट घर फर्किन बाध्य भयो ।

१४ औ संस्करणमा पहिलो पटक सहभागीता जनाएको सिक्किम आयोजक सहारासंग २–० गोलले पराजित भएको थियो । आयोजक सहारा यसअघि चार पटक फाइनल पुगेको थियो भने १२ औ संस्करणको विजेता हो । सहाराले पाँचौमा सेमिफाइनमा ३–०, दोश्रो र तेश्रोमा सेमिपाइनलमै मनाङसंग पराजित भएको थियो । अव सहाराले झापा ११ र आर्मी वीचको विजेतासंग फाइनल प्रवेशका लागी माघ १२ गते खेल्ने छ ।
दोश्रो पेनाल्टी प्रहार गरेका सिक्किमका सोनम टोप्देन गोल गर्नबाट चुन्नुभयो भने आशिष क्षेत्रीको चौथो प्रहारलाई सहाराका गोलरक्षक सुजित गुरुङले बचाउ गरेपछि आहा राराको यात्राबाट विट् मादै घरफिर्कन बाध्य हुदाँ आयोजकले सेमिफाइनल प्रवेशको यात्रा पक्का बन्यो । सिक्मिका लागी अञ्जय क्षेत्री र फुर्बा छिरिङ लेप्चाले गोल गरे।

सहाराका लागि सुसन गुरुङ, शिव सुवेदी, रमेश मगर र कप्तान उत्तम गुरुङले गर्नुभयो । निर्धारित ९० र अतिरिक्त समयको ३० मिनेटको खेलमा दुवै टिमले गोल गर्ने अवसर सृजना गरेपनि सफल हुन सकेन्न । खेल सुरुवाताको १५ मिनेटमा निकालेका राम्रा दुई अवसर सदुपयोग गर्न नसक्दा सहाराले जित आत्मसाथ गर्न टाइबेकरको सहारा लिनुपर्यो ।

६१ औं मिनेटमा सिक्किमा सञ्जय क्षेत्रीको क्रसमा अफजल अन्सरीको हेड प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यसअघि २९ औं मिनेटमा सोनाम टोप्देनको क्रसमा नाडोङ भुटियाको हेड प्रहार क्रसबारमा लागेर फर्केको थियो । २३ औ मिनेटमा सहाराका आयातीत खेलाडी माटिनले किपर अगाडी बढेको अवस्थामा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको म्याद अफदी म्याच सिक्किमका सञ्जय क्षेत्री घोषित भए । सहाराका प्रशिक्षक किरण श्रेष्ठले पाएका अवसर खेल जादा टाइबेकर सम्म पुगेको बताए । खेल कडा भयो सिक्किम पनि राम्रो टिम थियो उनले भने ।

सिक्किमका प्रशिक्षक अर्जुन राईले खेल राम्रो भएपनि लकले साथ नदिदा उत्कृष्ट दुई अवसर खेर गएको बताए। १ सय २० मिनेट खेल्दा खेलाडी थकित भएको र पेनाल्टीमा चुकेको बताउनुभयो । प्रतियोगिता अन्र्तगत आइतबार मनाङमस्याङर्दी विरुद्ध धरान फुटबल क्लब खेल्ने छ ।