नेपाल पुलिस क्लबलाई हराउदै स‌ंकटा क्वाटरफाइनलमा


पोखरा- संकटा क्लब पोखरामा जारी १५ औ आहा राराको क्वाटरफाइनलमा प्रबेश गरेको छ । २०५८ को क्याराभान गोल्डकप विजेता तथा आहा राराको पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउदै स‌ंकटा अघिल्लो चरणमा पुगेको हो । खेल सकिन ३ मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी अनिल गुरुङले गोल गरेपछि सिएमजी क्लब संकटा विभागिय टोली पुलिसलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा पुग्न सहज बन्यो।

१–० ले पछि परेको खेल उल्टाउँदै संकटा अन्तिम आठमा पुगेको हो । आहाको सर्वाधिक सफल टोली पुलिस लगातार दोस्रो पटक पहिलो चरणबाटै बाहिरिएको छ । यो सँगै क्वार्टरफाइनल समिकरण पुरा भएको छ ।

पहिलो हाफ आफनो दबाब कायम राखेको पुलिसले ३५ औ मिनेटमा गोल गदै आग्रता कायम गर्यो । रिव पासवानले मैदानको मध्यभागबाट अगाडी बढाएको बल विपक्षि तिन डिफेन्सलाई छलाउदै पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएपछि पहिलो हाफ १–० मा सकियो । दोश्रो हाफमा आफनो तयमा फर्किएको संकटाले पुलिसमाथि दबाब सृजना गर्यो ।

एकपछि अर्को आक्रमण बुनेको संकटाले ६४ औ मिनेटमा खेललाई १–१ को बराबरीमा ल्यायो । पुलिसका विक्रम धिमालले संकटाका अमृत तामाङलाई फौल गरेपछि पाएको फिकिकलाई ३० गज टाढाबाट प्रहार गर्नुभएका विश्व अधिकारीले सिधै जाली धुमाएपछि खेल बराबरीको अवस्थामा पुग्यो ।६१ औ मिनेटमा सुशिल केसीको स्थानमा मैदान प्रवेश गर्नुभएका परिवर्तित खेलाडी अनिल गुरुङले ८७ औ मिनेटमा गोल गदै संकटाको क्वाटरफाइनल प्रवेश यात्रा सहज बन्यो ।

विश्वास श्रेष्ठले गरेको कडा प्रहार विपक्षिगोल रक्षकले पन्च गदै फर्किएको बललाई म्यान अफदी म्याच विश्व अधिकारीले दिएको पासलाई अनिलले जालीको सम्पर्कमा पुर्याएपछि क्वाटरफाइनलको बाटो खुल्यो । ४५ औ मिनेटमा विश्वास श्रेष्ठको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । पहिलो हाफको अतिरिक्त समयमा दिपेक्ष श्रेष्ठले गरेको प्रहार क्रसबारमा लागेर फर्किएपछि विश्वास श्रेष्ठले गरेको प्रयास असफल भएपछि बराबरी गर्ने अवसरबाट संकटा चुकेको थियो । पहिलो हाफमा टिम सेट भएको थिए संकटाका प्रशिक्षक सल्यान खडकीले भन्नुभयो दोश्रो हाफपछि खेलमा सुधार आयो, खेलाडीले राम्रो खेले । उहाँले खेलाडीले आफनो रणनीतिलाई आत्म साथ गरेर खेल्दा जित्न सफल भएको भन्दै सन्तुष्टि ब्यक्त गरे ।

पुलिसका प्रशिक्षक कुमार कटुवालले दोश्रो हाफमा आफना खेलाडीले राम्रो खेल्न नसकेको बताउदै आफु खेलाडीको खेलबाट सन्तुष्ट नभएको बताउनुभयो । उहाँले गोलकिपर र फरवाडमा कमजोरी देखिएको बताए । ‘संकटाले पनि राम्रो खेलेको हैन् तर डिफेन्स, किपर र फरवार्डमा हाम्रो कमजोरी देखियो ।’प्रतियोगिता अन्र्तगत पहिलो क्वारफाइनल खेल आयोजक सहारा क्लब र सिक्किम यूनाइटेड भारत वीच हुने छ ।