स्पेनका लागि पर्यटन दूतमा सापकोटा नियुक्त


बार्सिलोना/ लामो समय देखि स्पेनमा बसेर सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका चिन्तामणी सापकोटा पर्यटन दूतमा नियुक्त भएका छन्। बार्सिलोना क्षेत्रका लागि स्पेनबाट नेपालको पर्यटन विकास तथा प्रवर्द्धनका लागि भन्दै नेपाल पर्यटन बोर्डले सापकोटालाई दूतमा नियुक्त गरेको हो। सापकोटा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन् ।

बोर्डले शुक्रबार पत्र जारी गर्दै आगामी दुई बर्षका लागि सापकोटालाई पर्यटन दूतमा नियुक्त गरेको छ। यस अघि बार्सिलोना क्षेत्रबाट दिपक खरेल गत बर्ष नै दूतमा नियुक्त भएका थिए। दुई साता अघि मात्र पनि म्याड्रिड क्षेत्रका लागि एकराज गिरी पर्यटन दूतमा नियुक्त भएका थिए। बर्षेनी १३ हजार भन्दा बढि पर्यटकहरु नेपाल पुग्ने स्पेनका लागि बोर्डले यो सँगै तिन जनालाई दूतमा नियुक्त गरेको छ।

16144426_1416546305031164_622598747_n