प्रबासी नेपाली मञ्च स्पेनको चौथो अधिबेशन अप्रिलमा


बार्सिलोना / प्रबासी नेपाली मञ्च स्पेनले चौथो अधिबेशनको लागि मिति तय गरेको छ। मञ्चले आगामी अप्रिल १७ तारिख अधिबेशन गर्न लागेको हो। यही जनवरीमा नै अधिबेशन हुनु पर्ने भए पनि ६ महिना ढिलो गरी अधिबेशन हुन लागेको छ। मञ्चको हालै बसेको वैठकले अधिबेशनबारे निर्णय गरेको महासचिव लक्ष्मण शर्माले जानकारी दिए। तर अधिबेशन मूल आयोजक समिति तथा तयारी बारे आगामी बैठकले निर्णय गर्ने मञ्चले जनाएको छ।

मञ्चको पहिलो अधिबेशनमा पुष्पराज तिमिल्सिना,दोस्रोमा मुक्त बहादुर गुरुङ र तेस्रोबाट दिनेश गुरुङ सर्बसम्मत निर्बाचित भएका थिए। आगामी अधिबेशनले पनि सर्बसम्मत रुपमा नै नयाँ कार्यसमिति चयन गर्ने अपेक्षा राखिएको छ।