चर्चित र्यापर यम बुद्ध बाथरुममा मृत भेटिए


लण्डन/ चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। र्यापर यम बुद्ध लन्डन साउथ हयारोस्थित आफ्नै निवासको बाथरुममा शनिबार बिहान मृत भेटिएका हुन्। घटना बारे थप बिबरण आउँन बाँकी छ।  २९ बर्षीय र्यापर आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए। उनको निधनबारे परिवारलाई खबर भइसकेको छ।

मोरङ स्थायी घर भएका अधिकारीको मेरो जुत्तामा, साथी, आउंदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत चर्चित  छन् ।