ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुले न्यायपरिषद्ले उच्च अदालतका लागि राजनीतिक भागबण्डाका आधारमा न्यायधीश सिफारिससम्बन्धी समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

यसबाहेक, नयाँ पत्रिका दैनिकले विश्वमा चम्किएका नेपालीको स्टोरीलाई महत्वका साथ प्रकाशित गरेको छ ।

नागरिक दैनिकले सरकारले पइलैपिच्छे गल्ती गरेको, प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चालाई स्थानीय तह पुनर्संचनासम्बन्धी विधेयक परिमार्जन गर्ने वचन दिएको र भिआइपीको सवारीमा राज्यकोषको दुरुपयोग भएको समाचारलाई प्राथमिकता दिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले बैतडीको झुलाघाटमा पुन नबनेको र जोगबनी-कामाथांका सडक निर्माणको काम रोकिएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकमा मोर्चालाई सत्तापक्षले चुनावका लागि वातवरण बनाउन आग्रह गरेको समाचार छापिएको छ ।

राजधानी दैनिकले सत्ताघटक-मोर्चाबीच स्थानीय तह पुनर्संचनासम्बन्धी विधेयक पारिमार्जन गर्न कार्यदल बनाउने सहमति भएको र एसिया प्रशान्त क्षेत्रमा चिनको सुरक्षा चासो भएको समाचारलाई महत्व दिएको छ ।

गोरखापत्र दैनिकमा मोर्चाले सरकारलाई संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्रै चुनावको मिति घोषणा गर्न आग्रह गरेको र निर्वाचन विधेयकमाथि संसदमा दफावार छलफल भएको समाचार प्राथमिकताका साथ छपिएको छ ।

नेपाल समाचारपत्र दैनिकले मेडिकल कलेजले खुलेआम लूट गरेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
२
३
४
१
५
६