१५ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा तीन विदेशी सहित १२ टिमले भाग लिने


राजाराम पौडेल,पोखरा- माघ ४ गतेबाट सुरु हुने १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने भएको छ । सहारा क्लवको आयोजनामा माघ १५ गतेसम्म पोखरा रंङ्गशालामा संञ्चालन हुने प्रतियोगितामा अमेरीका, बंगलादेश र भारतका तीन टिम र नेपालको ९ टिमको सहभागिता रहने सहारा क्बलबले जनाएको छ ।

प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल ए पि एफ कलब, नेपाल पुलिस क्लब, सि एम जि संकटा क्लब, धरान फुटबल क्लब, सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब धनगढी, रमपम झापा–११ फुटबल क्लब, फ्राशगञ्ज एस सि, बंगलादेश , ए एन ए यू एस ए फुटबल टिम अमेरीका, युनाईटेड सिक्किम फुटबल क्लब भारत र आयोजक सहारा क्लबले सहभागीता जनाउने क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

उनले भने “प्रतियोगितामा सहभागि हुने टिममा नेपालका चर्चीत क्लव मात्र नभई पुर्वपश्चिम देखि भारत, बंगलादेश हुदै अमेरीका सम्मको टिमलाई सहभागि गराउदैछौं, यस बर्ष फुटबल पे्रमिहरुलाई थप रौनक हुने हामीले अपेक्षा गरेका छौं । ” केहि दिन पछि खेल तालिका सार्वजनीक गरीने अध्यक्ष आचार्यले जानकारी गराउदै प्रचार प्रसारका लागि माघ एक गते साईकल सिटी पोखरा र साईकिलिङ्ग संघ, कास्कीको विशेष सहयोगमा पोखरा क्षेत्रमा साईकल ¥याली हुने बताए ।

त्यसैगरी आन्तरीक रुपमा खेल मैदान मर्मत सम्हार तथा रंगरोगन लगायतको तयारी अन्तिम चरणमा पुगेको महासचिव केशवराज बरालले बताए । खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन रहेको छ । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरालले जनाए ।