ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज काठमाडौंबाट प्राकाशित सबै दैनिक पत्रिकाले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की पदमुक्त भएको र प्रतिपक्षीको अवरोधका बाबजुत संसदमा संविधान संशोधनको प्रस्ताव पेस भएको समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।

यसबाहेक, नयाँ पत्रिका दैनिकले हिउँ हटाउन गएको सेनाको गाडी डडेलधुरामा दुर्घटना भएको र पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले दोस्रो पटक सरकारलाई स्पष्टीकरण लेख्दै आफूलाई हटाउन पर्ने कारण नभएको बताएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की पदमुक्त भएको र प्रतिपक्षीको अवरोधका बाबजुत संसदमा संविधान संशोधनको प्रस्ताव पेस भएको समाचारलाई नै प्राथमिकता दिएको छ ।

राजधानी दैनिकले सत्ता र प्रतिपक्षको आआफ्नै रणनीति भएको विश्लेषणत्मक समाचार र काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

नेपाल समाचारपत्र दैनिकले संशोधन प्रस्ताव पास वा फेल गर्न सांसद खरिद बिक्री हुने खतरा भएको समाचारलाई महत्व दिएको छ ।

नागरिक दैनिकले अख्तियार प्रमुख कार्कीको कार्यकाल विश्लेषण गरेको छ भने नेपाल नागरिक उड्यन प्राधिकरणले करोडौं रुपैयाँ बोनस बाँड्ने निर्णय गरेको समाचारलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की पदमुक्त भएको र प्रतिपक्षीको अवरोधका बाबजुत संसदमा संविधान संशोधनको प्रस्ताव पेस भएको समाचारलाई नै प्राथमिकता दिएको छ ।
1
2
3
4
5
6