चितवन समाज स्पेनको चौथो अधिबेशन जनवरी २५ तारिख


बार्सिलोना/ चितवन देखी आएर स्पेनमा बसोबास गर्ने नेपालीहरुको सस्था चितवन समाज स्पेनले चौथो अधिबेशन गर्ने भएको छ। समाजले आगामी जनवरी २५ तारिख बार्सिलोनामा अधिबेशन गर्न लागेको हो। गत डिसेम्बर २९ तारिख बसेको बैठकले चौथो अधिबेशन गर्ने निर्णय गर्दै मिति तोकेको समाजले जनाएको छ।

अधिबेशनका लागि संस्थाका आजीवन सदस्य साधारण सदस्य तथा स्पेनमा रहेका चितवनबासी दाजुभाई दिदीबहिनीहरुलाई उपस्थित भईदिन समाजले अनुरोध समेत गरेको छ। समाजको चौथो अधिबेशनले नयाँ कार्य समिति समेत चयन गर्ने छ।

15935623_1909617612607690_1185760654_n