मिस गण्डकी सिजन तीनको उपाधी ज्योती राईलाई


राजाराम पौडेल.पोखरा-रियल ईभेन्ट म्यानेजमेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजनामा पोखरामा भएको मिस गण्डकी सिजन तीनको उपाधी पोखरा रानीपौवाकी १८ वर्षिया ज्योती राईले जितेकी छन् ।

पोखरा सभार्गह हलमा भएको फाइनल प्रतियोगीतामा अन्य १७ जना प्रतिस्पर्धीलाई उछिन्दै राईले उपाधी आफ्नो पोल्टामा पारेकी हुन् । चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैया बराबरको स्कुटर पुरस्कार स्वरुप प्राप्त गरिन् । प्लस टु मा अध्ययनरत ज्योतीले ‘बेस्ट स्माईल’ टाईटल एवार्ड समेत प्राप्त गरिन् ।

प्रतियोगितामा मोस्ट इन्टेलिजेन्ट र मोस्ट पपुलर एवार्ड सहित सैलताज कुँवर फस्ट रनरअप भईन् । प्रतियोगितामा श्रृष्टी आर्चायले सेकेन्ड रनरअप सँगै बेस्ट कम्प्लेक्सन टाईटल जितिन् । भ्युअर च्वाईस र मोस्ट पङ्चुअल एवार्ड सहित थर्ड रनरअपको टाईटल सपना अधिकारीले हात पार्दा थर्ड रनरअप सपना अधिकारीले चित्त बुझाइन् । फाइनलमा १८ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रमको आर्कषणमा गायक कर्णदास, विनोद बाँनिया, योगेश काजीको गायन, एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रू र पोखरा कला केन्द्रको नृत्य प्रस्तुती र हास्य प्रहशन समेत रहेका थिए ।