नयाँ बर्षको सुरुवाती खेलमा नै बार्सिलोना पराजित 


स्पेनिस कोपा डेल रे कपको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ ।९ खेलाडीमा सिमित बिल्बाओले बार्सिलोनालाई २-१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बिल्बाओले २५ औं मिनेटमा एडुरिजको गोलबाट अग्रता लिएको थियो । तीन मिनेटपछि नै विलियम्सले टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा बार्सिलोनाले केही सुधारिएको प्रदर्शन गर्‍यो । ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बिल्बाओको अग्रता २-१ मा झारे । ७४ औं मिनेटमा राउल गार्सिआ र ८० औं मिनेटमा इटिआजोले रातो कार्ड पाएपछि बिल्बाओ ९ खेलाडीमा सिमित भयो । तर, बार्सिलोनाले यसको फाइदा लिन सकेन । अन्तत बार्सिलोनाले २-१ पराजित भयो। बार्सिलोनाले स्पष्ट पेनाल्टीका मौका पाए पनि रेफ्रीले निर्णय नगर्दा खेल भने बिबादस्पद बनेको थियो।