नर्वेमा टोपी दिवस मनाइयो


नर्वेमा टोपी दिवस ओस्लो स्थित यार्नबानेतोरगेटमा मनाइएको छ l विवेकशील नेपाली नर्वेको आयोजनामा गरिएको उक्त कार्यक्रममा ” ढाका टोपी हाम्रो पहिचान” भन्ने नराका साथ आइतबार हर्सोल्लाषका साथ मनाईएको हो।

कार्यक्रममा ओस्लो देखि ४ – ५ घण्टाको दूरीमा रहेका नेपालीहरुको सहभागिता थियो l कार्यक्रममा बोल्दै विवेकशील नेपाली नर्वेका अधक्ष्य दीपक महतले  ढाका टोपीको महत्त्व र यसले विश्व भरी छरिएर रहेका नेपालीहरुलाई एकताको मालामा गास्न महतवपूर्ण  भूमिका निर्वाह गरेको बताएका थिए। साथै कार्यक्रममा जीतेन्द्र शाही र ईश्वर आचार्यले आ-आफ्नो धारणा राखेका थिए l

कार्यक्रमको अन्त्यमा यस ढाकाटोपी अभियानका संयोजक संदीप थापाले सहभागी सबैलाई धन्यबाद दिदै हामी प्रबासमा भएपनि हाम्रो राष्ट्रप्रति अगाध माया भएको जनाएका थिए l