ल हेरौ आजका दैनिक पत्रपत्रिको फ्रन्टपेज


सोमबार काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रपत्रिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीबीच भएको वार्ता र राजनीतिक सहमतिको प्रयासबारेको समाचारलाई महत्वका साथ फ्रन्टपेजमा छापेका छन् ।

यसबाहेक, राजधानी दैनिकले मुलुकभर मौसम बदली भएको र लोडसेडिङमुक्त मुलुक निर्माण गर्न विद्युत प्राधिकरण लागिपरेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

नयाँ पत्रिका दैनिकले उच्चस्तरीय प्रशासन सुधार समितिले केन्द्रमा १२ र प्रदेशमा १० मन्त्रालय बनाउन प्रस्ताव गरेको र बागमती करिडोर सात महिनाभित्र खुल्ने समाचारलाई महत्व दिएको छ ।

कान्तिपुर दैनिकले सामुदायिक विद्यालयका शिक्षकको मर्का र नयाँ वर्षको सुरुवातमै टर्कीमा आतंकवादी हमला भएको समाचारलाई प्राथमिकता दिएको छ ।

अन्नपूर्ण पोस्ट्ले धान उत्पादनमा १० जिल्लाले कीर्तिमान कायम गरेको र टर्कीमा आतंकवादी हमला भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

नागरिक दैनिकले ‘किन अड्कन्छन् ठूला आयोजना ?’ शीर्षकमा विश्लेषणत्मक रिपोर्ट प्रकाशित गरेको छ ।

र, गोरखापत्र दैनिकले सवारी चालक अनुमतिपत्र प्रक्रिया सहज बनाइँदै र कलंकी क्षेत्रमा जामैजाम हुने हुने समाचारलाई फ्रन्टपेजमा छापेको छ ।%e0%a5%a7
%e0%a5%a8
%e0%a5%a9
%e0%a5%aa
%e0%a5%ab
%e0%a5%ac