राष्ट्रिय एकतावाट नै संविधान कार्यान्वयन हुन्छ : प्रधानमन्त्री प्रचण्ड


राजाराम पौडेल, पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवै राजनैतिक दलहरु वीचको राष्ट्रिय एकतावाट नै संविधान कार्यान्वयन हुन सक्ने बताएका छन् । सामूहिक तमु ल्होछार कार्यक्रम मूल समारोह समिति पोखराद्धारा आयोजित सामूहिक तमु ल्होछार कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्र्दै उनलेएकताविना संविधान कार्यान्वयन असंभव भएकोले एकताको लागि त्याग गर्न सवैसंग आग्रह गरे ।

“त्याग गर्दा केही पाउन र केही गुमाउन पछि सकिन्छ “ उनले भने – “ संविधान कार्यान्वयनपछि देश आर्थिक समृद्धिको वाटोमा लाग्ने र सवै नेपाली जनताले सुख र शान्ति पाउने छन “ । प्रधानमन्त्री प्रचण्डले तमु ( गुरुङ्ग) हरुले प्रदर्शन गर्दै आएको वीरता र वलिदानप्रति सराहना गर्दै तमुहरुले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरे ।

तमुहरुको एकता प्रदर्शनले भाषा, संस्कृति र परम्पराको जगेर्ना हुने धारणा राख्दै उनले तमु युवा युवतीहरुले अहिले देश तथा विदेशमा ईन्जिनियरिङ्ग तथा विज्ञानको क्षेत्रमा सवै जनजातीलाई उछिनेर अग्रणी भूमिका निभाएको विचार व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले गुरुङ्ग सामुदायको छोरा छोरी मध्येवाट प्रधानमन्त्रीको पदमा पुग्न अव धेरै टाढा नभएको विचार व्यक्त गरे ।

कार्यक्रममा प्र्रधानमन्त्री प्रचण्डले १२ जना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेका थिए । यसरी सम्मानित हुनेहरुमा लोडसेडिङ्ग मुक्त गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ्ग,ई .सन्दीप तमु, न्यायाधीश सत्यराज तमु, समाज सेवीहरु डण्ड तमु,क्या .रुप वहादुर तमु, क्या . मन वहादुर तमु, दल वहादुर तमु, मिन प्रसाद तमु, माया तमु, पोल वहादुर तमु, युग तमु र संचारकर्मी ईन्दिरा तमु छन् ।

सामूहिक तमु ल्होछार मूल समारोह समितिका संयोजक कर्म तमुको अध्यक्षतामा भएको सो कार्यक्रममा वौद्ध अघौं सदनका अध्यक्ष भुवनसिंह तमु, हितकाजी तमु, र दल वहादुर तमुले मन्तव्य व्यक्त गरेका थिए ।

यस अघि कास्कीमा रहेका तमुहरुका १८ वटा संघसंस्थाहरु पोखराको मानव अधिकारचोक चिप्लेढुंगामा भेला भई आ–आफनो भेषभूषा, नाचगान, वाजागाजा र झांकीका साथ निस्केको ल्होछार शुभकामना र्यालीले नगर परिक्रमा गरी पोखरा प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।