सृजनशिल संस्थाको पाचौं साधारण सभा सम्पन्न


पोखरा । सृजनशिल टोल विकास संस्था लेखनाथ ३ को पाँचौं साधारण सभा शनिवार लेखनाथमा सम्पन्न भएको छ ।

उक्त अधिबेशनले कल्पना बस्ताकोटीको अध्यक्षतामा ९ सदस्यिय नया कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा पार्वति बराल,सचिवमा हरिप्रसाद लामिछाने,सहसचिवमा मिनराज पौडेल र कोषाध्यक्षमा इन्दिरा ढुङानालाई सर्वसम्मत चयन गरेको छ । उक्त समितिमा बिमला कुवर,मुना थापा,राधा सापकोटा र गंगादेवि बिकलाई सदस्यमा चयन गरेको हो ।

उक्त अधिबेशनको उद्घाटन गर्दै बरिष्ठ सदस्य बुद्धिप्रसाद सापकोटाले नया कार्य समिति सहित नया कामको थालनी गर्नुपर्ने बताए । उनले संस्थाले आयमुलक काममा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने भन्दै सृजनशिल काममा मन जानुपर्ने बताए । कार्यक्रममा संस्थापक सदस्यहरु रामप्रसाद बस्ताकोटी,सिता बस्ताकोटी,कल्पना बस्ताकोटी बिश्वप्रकाश बराल र लेखनाथ सापकोटालाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा सृजनशिल टोल विकास संस्थाका अधयक्ष विश्वप्रकाश बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष नारायणदत्त बस्ताकोटीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको सो कार्यक्रममा संस्थापक अध्यक्ष रामप्रसाद बस्ताकोटी, निवर्तमान अध्यक्ष गणेशभक्त अधिकारी,कल्पना बस्ताकोटी, बेदप्रसाद बस्ताकोटी बसन्तनाथ योगी,कलाधर पाण्डे लगायतका व्यक्ताहरुले शुभकामना दिएका थिए ।