घले दम्पतिको ल्होछार र नयाँ बर्ष लाप्रकको टेण्ट मुनि


बसन्त रानाभाट

गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले यस बर्षको तमु ल्होछार तथा नयाँ बर्ष भूकम्प पीडित क्षेत्र गोरखा स्थित लाप्रकमा टेण्ट मुनि बिताएका छन् । नयाँ बर्षका अबसरमा बिभिन्न देशमा पुगेर छुट्टी मनाउने घलेको बर्षौंदेखिको तालिका रहे पनि यस बर्ष पत्नी जमुना गुरुङ सहित लाप्रकमा समय बिताएका हुन्। गैर आबासीय नेपाली संघले भूकम्पपीड़ितका लागि नयाँ घर बनाईदिने प्रतिबद्द्ता अनुसार घले दम्पत्तिले आफ्नो समय प्रायः लाप्रकमा नै केन्द्रित गरेका छन्।

अध्यक्ष घलेले यसपटकको दुई हप्ते बिदालाई लाप्राक पुनःनिर्माणका लागि उपयोग गरेको बताउँदै सामाजिक संजालमा लेखेका छन्,” चीनबाट मगाएको इट्टा बनाउने मेसिन लिएर एनआरएनएका साथीहरु सहित म र पत्नी जमुना झण्डै एक साताअघि लाप्राक पुगेका थियौं । इट्टा बनाउने मेसिन जडान भइसकेको छ भने भूकम्पपिडीतलाई घर निर्माण गर्ने काममा केही ठोस प्रगतिहरु भएका छन् । झण्डै सात सय मिटर तलबाट पानी ल्याउने काम पनि सम्पन्न भएको छ  ।”15823551_820085684799028_1785080438759098560_nज्यानै कठ्याङ्ग्रीने चिसो लाप्राकमा आँफूहरुले लाप्राकबासीको न्यानो आतिथ्यता र सहयोग  पाएको पनि अध्यक्ष घलेले जनाएका छन्। घलेले थपे,”स्वयंसेवकका रुपमा हामी पनि टेण्ट टाँगेर साइटमै सुत्यौं र बिहानैदेखि बेलुकीसम्म पुनःनिर्माणको काममा खटियौं ।”

स्थानीय समुदायसँग निकै रमाइलोसँग तमु ल्होछार मनाउने अबसर पाएको उल्लेख गर्दै अध्यक्ष घलेले निकै बर्षपछि गाउँले दाजुभाई दिदीबहिनीसँग यति मौलिक रुपमा ल्होछार मनाउने अबसरले सवैभन्दा सुखद् अनुभूति गरेको बताएका छन्। एक हप्ताको लाप्राक बसाई सकेर आज मात्र काठमाण्डौ फर्केको बताउँदै अध्यक्ष घलेले तमु ल्होछार तथा अंग्रेजी नयाँ  बर्ष २०१७ को शुभकामना समेत ब्यक्त गरेका छन्।

संघले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती तथा निजी आवास लगायत संरचना निर्माण गर्दै छ । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिञ्जीलुङतर्फ सरेका छन् ।  15774920_820085628132367_7751696558635813471_o15726249_820085524799044_4349929210361713083_n15732344_820085754799021_255629523383671044_o15781728_820085648132365_5304517389791039405_n15723735_820085744799022_3093437165289554596_o