ल हेरौ आज प्रकाशित दैनिक पत्रपत्रिकाहरुको फ्रन्टपेज


शनिबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फरकफरक समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।

नयाँ पत्रिका दैनिकले मधेशी मोर्चालाई फकाउँदै कांग्रेस, हाकिमको घरमा भात पकाउँदै अनुसन्धानका कर्मचारी र सरकारी गाडीमा युवा संघले आगजनी गरेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले अँध्यारोबाट उज्यालोतिर भन्दै बिजुली थपिएको, भारतीय राजदूत रञ्जित रेले मधेशी मोर्चालाई संशोधन प्रस्ताव पास हुने आश्वासन दिएपछि मोर्चा मख्ख परेको र अमेरिकीद्वारा ३५ रुसी कुटनीतिज्ञलाई निष्कासन गरेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

राजधानी दैनिकले सातौं राष्ट्रिय खेलकुदको समीक्षा गरेर मुख्य समाचार बनाएको छ भने राजनीतिमा मुठभेडको तयारी भएको र फुर्सदिला कांग्रेस नेता शीर्षकको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।1

नागरिक दैनिकले विकास बजेट खर्चन नसकेको तर मन्त्रालयहरुले औचित्यबिनै खर्बौ रुपैयाँ माग्दै गरेको, कामचोर सरकारी कर्मचारीलाई नै भत्ता थपिएको र भारतीय संसदमा नेपालको चासोबारेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

नेपाल समाचारपत्र दैनिकले अमेरिकी नागरिकलाई नेपाली पेन्सन, कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव पास हुने वताएको र पूर्वयुवाराज पारसको जन्मदिन सुनसान भएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले फेरियो पात्रो, फेरिएन स्थिति भनेर सन् २०१६को समीक्षालाई महत्वका साथ प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकले सरकारको ध्यान निर्वाचनमा भनेरु प्रधानमन्त्री दाहालले भनेको, सातौं राष्ट्रिय खेलकुद सम्पन्न भएको र बीपीको मेलमिलाप नीति उत्तिकै सान्दर्भिक भएको भन्दै विश्लेषणात्मक समाचार प्रकाशित गरेको छ ।

234