बाल यौन दुव्र्यबहार गर्नेहरुको संख्या बढ्दै (छापाबाट)


बाल यौन व्यवसायमा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई यौन सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ ।

प्रहरीको. केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले गोप्प सूचनाका आधारमा ठमेलको यम्बु होटलबाट यौन दुव्र्यवहारका लागि लगिएका ७ जना बालकलाई उद्दार गरेको छ । उद्दार गरिएका बालकहरु १२देखि १६ वर्ष उमेर समूहका रहेको प्रहरीको भनाई छ ।

२०७१ साल पुस ४ गते ललितपुरका १५ वर्षीय बालकलाई बालात्कार गरेको अभियोगमा क्यनडाका नागरिक अर्नेस स्वाम्विकले अदाललतको आदेशबमोजिम कारबाही भोगिरहेका छन् । उनलाई जिल्ला अदालत ललितपुरले ७ वर्ष जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ती भराउनु पर्ने फैसला सुनाएको थियो । उनलाई पछि तत्कालिन पुनरावेदन अदालत पाटनले ७ वर्ष जेल र ३ लाख रुपैयाँ क्षतिपूर्ती भराएको थियो ।

यस्ता थुप्रै घटनाहरु छन्, बाल यौन दुराचारका । सहरमा बाल यौन दुव्र्यबहार गर्नेहरुको संख्या बढिरहेको छ । यसले भयावह रुप लिने खतरा पनि बढिरहेको छ । आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।