अष्ट्रेलियामा एक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु


सिड्नी । क्रिसमस र नयाँ वर्षको रौनक चलिरहेका बेला अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ ।

क्रिसमसको पिकनिक खान भन्दै रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

घटना लगत्तै हेलिकोप्टर र एम्बुलेन्सबाट उद्धार टोली पठाइएको थियो । स्वास्थ्यकर्मीहरुले अधिकारीलाई बचाउने प्रयास गरे पनि सफल भएनन् ।हर्सभिलको क्विन स्ट्रिटमा बस्दै आएका उनी साथीहरुसँग पिकनिक खान त्यहाँ गएका थिए । काठमाडौंको कीर्तिपुर घर भएका अधिकारी अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका थिए ।

मृतक अधिकारीका साथी अनुप न्यौपानेका अनुसार हिजो साँझतिर सो घटना भएको थियो ।