एनआरएन अफ्रिका बैठक सम्पन्न,मानव तस्करी रोक्न सरकारसँग जोडदार माग


बार्सिलोना/ पछिल्लो समय अफ्रिका क्षेत्रमा नेपालीहरु अलपत्र परेका घटनाहरु दिनप्रति दिन बढीरहेको बेला यसलाई तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक सम्पन्न भएको छ। मानव तस्करी रोक्न तथा यस बारे उचित कदम चाल्न,आवश्यक संयन्त्र निर्माणका लागि माग गर्दै एनआरएनको तान्जानिया दार ए सलाम घोषणापत्र आइतबार जारी भएको हो ।

बैठकले अफ्रिकी मुलुकहरुमा रोजगारी तथा व्यवसायमा क्षेत्रमा नेपालीको बढ्दै गएको भन्दै पूर्व तथा पश्चिमी अफ्रिकी मुलुकलाई समेट्ने गरी एक- एक वटा राजदूतावास स्थापना गर्नुका साथै अफ्रिकाका विभिन्न मुलुकहरुमा अवैतानिक वाणिज्यदूत स्थापना गर्न प्रस्ताव गरेको छ । यस्तै रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अफ्ठ्यारो रहेकाले त्यसलाई सहज एवम् सुलभ बनाउन नेपाल सरकारसँग अनुरोध गर्दछ भन्दै घोषणापत्र जारी गरेको छ ।img_1344अफ्रिकी क्षेत्रमा रहेका पन्ध्र बटा राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु सहभागि दुई दिने बैठकले बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको ‘एनआरएए अफ्रिका आपत्कालीन राहत कोष’लाई वृद्धि गरि कम्तीमा १५ लाख रुपैया पुर्याउँने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

यस्तै अफ्रिकाका विभिन्न मुलुकले पर्यटन क्षेत्रमा प्राप्त गरेको सफलताको अनुभव आदान प्रदान एवम् अफ्रिकामा नेपालको पर्यटन प्रवर्द्धनका लागि एनआरएनएको पर्यटन प्रवर्द्धन समिति तथा नेपाल सरकारलाई विशेष कदम चाल्न अनुरोध गर्ने घोषणापत्रमा उल्लेख छ ।img_1346अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राई, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले,उपाध्यक्ष कुमार पन्त,कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका संयोजक सुनिल कार्की लगायतका एनआरएन अभियन्ताहरु सहभागी बैठकले अफ्रिकाका अन्य विभिन्न देशमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्ने तथा हाल कार्यरत राष्ट्रिय समन्वय परिषद्हरुलाई थप सक्रिय एवम् प्रभावकारी बनाउने प्रण समेत गरेको छ ।