पर्वतको चित्रे गाँउ अब भिडियोमा


राजाराम पौडेल,पोखरा-पर्वतको चित्रे गाँउ आन्तरिक तथा बाह्रय पर्यटकका लागि राम्रो गन्तव्य बन्दै गएको छ । गाउँको मुख्य विशेषता होमस्टे हो । पछिल्लो समय होमस्टेकै कारण गाउँ चर्चित बन्दैछ । होमस्टे प्रबद्र्धन गर्ने उद्देश्यले गाउँले मिलेर एउटा ‘प्रमोशनल भिडियो’ यतिबेला निर्माण गरेका छन्न् । ‘पर्वतकी छोरी म त चित्रे मेरो गाऊँ’ बोलको गीतमार्फत पर्यटकहरुलाई चित्रे पुग्न गीतमार्फत आह्वान गरिएको छ ।

स्थानिय सिद्ध वराह युवा क्लबले निर्माण गरेको यो गीतको भिडियो केहि दिन अगाडि मात्रै सार्वजनिक भएको हो । ‘कोन्मे इन्टरटेनमेन्ट’ले सार्वजनिक गरेको भिडियोमा चित्रे गाऊँको वर्णन गरिएको छ । र, आन्तरिक तथा बाह्य पर्यटकलाई चित्रे घुम्न आउन अनुरोध गरिएको छ ।

‘पर्वत चित्रे घुम्न जाऔँ, प्रकृति, सँस्कृतिसँग होमस्टेमा रमाऔँ’ भन्ने प्रचारात्मक नारासहित त्यहाँको युवा क्लबले यो गीतको भिडियो निर्माण गरेको हो । ज्योती गुरुङको स्वर रहेको गीतमा धनबहादुर गुरुङले संगीत भरेका छन् । रोशन गुरुङले गीतको शब्द रचना गरेका हुन् ।

भिडियोमा प्रिया गूरुङ, उन्नती गुरुङ र करिष्मा गुरुङले अभनिय गरेका छन् ।
सार्वजनिक गीतको भिडियोलाई लब्शन गुरुङले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सन्तोष कोन्मेको छायाँकन तथा सम्पादन रहेको छ ।