निर्वाचनमा एमालेलाई हराएर देखाउन युबा संघ अध्यक्ष पहारीको चुनौती


राजाराम पौडेल,पोखरा – युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीब पहारीले सरकारलाई निवाचन गरेर एमालेलाई हराएर संविधान संसोधन गर्न सरकारलाई चुनाैती दिएका छन् । युवा संघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘संविधान संसोधनमा एमाले बाधक बन्यो भन्ने लागेको भए निवाचनको घोषणा गरौ र संघीयता पक्षधरहरु मिलेर एमालेलाई हराए भयो नि ।’

उनले राष्ट्रिय अखण्डतालाई कमजोर पार्ने गरि ल्याइने कुनै पनि प्रस्ताव युवा संघ र एमालेका लागी सह्य नहुने बताए । उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने बेलामा कार्यान्वयन हुन नपाउदै संविधानको घाटी निमोठने काम भएको बताए । उनले संविधान महिलाले ओठमा लगाउने लिपिस्टिक जस्तो नभएको बताए । ‘महिलाले ओठ लगाउने लिपिस्टिक जस्तो एक पटक ओठमा लगाएपछि मन परेन भनेर पुछेर अर्को लगाए जस्तो कुनै ब्यक्तिलाई संविधान मन नपदैमा संसोधन हुदैन् ’उनको भनाई थियो । उनले देशलाई सिक्किमिकरण गर्न खोजिएको भन्दै त्यसलाइ कुनै पनि हालतमा देसभक्त युवा हरुले सफल हुन नदिने बताए ।

उनले युवा संघका कार्यकता दुर्गा तिवारीको हत्या विशुद्ध राजनीतिक कारण भएको बताउदै हत्यालाई अन्यत्र मोडने प्रयास भैरहेको बताए ।‘सिमाङकन हेरफेर विरुद्धको आन्दोलनमा नेतृत्व गरेका कारण तिवारीको हत्या भएको छ, अन्य कुनै कारण छैन्, राजनीतिक नै हो ।’ उनले राष्ट्रिय अखण्डता विरुद्धको आन्दोलन कमजोर पार्न भौतिक आक्रमण र धम्की दिइएको बताए । एमाले र युवा संघलाई कमजोर पार्न षड्यन्त्रपुर्ण तरिकाले दुर्गा तिवारीको हत्या गरेको आरोप उनको छ । उनले आफना मागलाई सरकारले सम्वोधन गरेका कारण आन्दोनल स्थगित गरेको भन्दै माग पुरा नभए पुस १८ गतेपछि पून आन्दोलन गर्ने चेतावनी दिए ।

उनले देशलाई सिक्किमिकरण गर्न खोजिएको भन्दै त्यसलाई कुनै पनि हालतमा देशभक्त युवाहरुले सफल हुन नदिने बताएका छन् । भारतको इशारा र निर्देशनमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले संविधान बिपरित संशोधान प्रस्ताब संसदमा दर्ता गरेको उनले आरोप लगाए । युवा संघले कानुन हातमा लियर हैन साथमा लियर राष्ट्रघातीहरुलाई ठेगान लगाउने उनको भनाइ थियो ।

युवा संघ कास्की अध्यक्ष बिष्णु पुनको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव डिल्लिराम सुवेदी र स्वागत सदस्य रामचन्द्र तिमिल्सिनाले गरेका थिए ।