प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिलाई जेल हाल्नुपर्छ : अध्यक्ष पहारी


राजाराम पौडेल, पोखरा- नेकपा एमालेको भातृ संगठन युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारीले प्रधानमन्त्री पुस्पककमल दाहाल र गृहमन्त्री बिमलेन्द्र निधिलाई जेल हाल्नु पर्ने जिकिर गरेका छन । पहारिले युबा संघ पोखरा २६ को वडा अधिबेशनको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।

प्रधान मन्त्री दाहाल र गृहमन्त्री निधिले भारतको इशारामा सम्बिधान बिपरित सम्सोधन प्रस्ताब सम्सदमा दर्ता गरेकोले सम्बिधान बिपरितका काम गर्ने जो कोहिलाइ पनि जेल हाल्नुपर्ने उनको भनाइ थियो ।

स‌‌‌विधान बिपरितका काम गम्भीर रास्ट्रघाती अपराध भयको हुँदा कसैलाइ मन नपर्दैमा मनपरी सम्सोधन स्विकार्य नहुने भन्दै उनले अङिकृत नागरिकता धारी कुनै हालतमा पनि रास्ट्रको उच्च ओहदामा पुग्न सक्ने गरि भारतको इशारामा रास्ट्रीयता माथिको यो षड्यन्त्र पर्दा फास भैसकेको भन्दै युबा संघका कार्यकर्तालाइ आन्दोलनमा उत्रन आग्रह गरे।

पहारीले सबै भुगोलका जनताबिचको सहिष्णुता खलबलाउने उद्देश्यले ल्याइएको प्रदेश पुन सिमान्कनको प्रस्ताब कुनै पनि हालतमा बिफल बनायरै छाड्ने बताए ।

त्यस्को निम्ति युबा संघ जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए। पहारिले मधेस बाट २,४ सिट मात्रै ल्याएका पार्टीले सच्चा मधेसी जनताको भावना प्रतिनिधित्व गर्न नसक्ने भन्दै एमाले र युबा संघलाइ कमजोर पार्न दुर्गा तिवारी जस्ता आफ्ना होनाहार प्रभाबशाली कार्यकर्तालाइ छानि छानी षड्यन्त्रपुर्ण तरिकाले हत्या गरिएको बताए ।

तिवारिको हत्यारालाइ कडा भन्दा कडा कारबाहि नभय देसै भरी आन्दोलनको तुफान सृजना गर्ने चेतावनी दिदै उनले बर्तमान गृहमन्त्री बिमलेन्द्र निधिले नै आपराधिक प्रबृतिका मान्छेहरुसङग साठ गाठ गर्ने गरेको आरोप लगाए ।

युबा संघ पोखरा २६ सराङ्कोटको उक्त अधिबेसनले सन्तोस जि सि को अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटी सर्बसम्मत चयन गरियको छ। नबनिर्बा्चित कमिटिलाइ केन्द्रिय अध्यक्ष राजिब पाहारीले सपथ ग्रहण गराए ।