क्लव विश्वकपको फाइनल आज


युरोपेली च्याम्पियन रियल मड्रिडले फिफा क्लव विश्वकवको उपाधिका लागि आज जाप्निज च्याम्पियन खासिमा एन्टलर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

जापानको योकोहामामा नेपाली समयअनुसार आज अपरान्ह सवा चार बजेदेखि खेल सुरु हुनेछ । टिमका प्रशिक्षक जिनेदिन जिदानले खासिमाले क्लब विश्वकपमा रियालले भन्दा बढी खेल खेलेकाले आफुहरु पुर्ण रुपमा तयार हुनुपर्ने बताएका छन् । विपक्षी टिमले राम्रो प्रदर्शन गरिरहेका र कडा प्रतिस्पर्धा हुने जिदानको भनाइ छ ।

खासिमा क्लव विश्वकपको फाइनलमा पुग्ने पहिलो एशीयाली टिम हो ।रियल क्लब अमेरिकालाइ दुइ शून्य गोलले पराजित गर्दै फाइनल पुगेको हो भने खासिमाले कोलम्बियाको एथ्लेटिको नासियोनाललाइ तीन शून्य गोलले हराउदै फाइनल यात्रा तय गरेको हो ।