विमानस्थल आगामी सन् २०२० जुलाई सम्ममा सञ्चालनमा आउँछ : रविन्द्र अधिकारी


राजाराम पौडेल, पोखरा-  पोखरामा निर्माणाधिन अवस्थामा रहेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आगामी सन २०२० जुलाई सम्ममा सञ्चालनमा आउने व्यवस्थापिका संसद् विकास समितिका सभापति एवम् विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक रवीन्द्र अधिकारीले वताएका छन् ।

पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले  पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै उनले यस्तो बताएका हुन् ।  विमानस्थल निर्माणको काम दु्रत गतीमा अगाडी वढिरहेकाले यसमा कसैले संका गर्ने विषय नरहेको वताउदै विमानस्थलबाट प्रत्यक्ष प्रभावित वडा नं १४, १८ र १५ मा निर्माण गरिने पूर्वाधारका काम कतिपय आयोजनाले र बाँकी नेपाल सरकारले पूरा गर्ने प्रतिवद्धता उनको थियो ।

सो अवसरमा वोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल डिजाइनको काम अगाडी बढेको बताए । उनले नाला बनाउने र विमानस्थलसम्म पुग्ने बाटो निर्माण सम्पन्न भई विमानस्थलको डिजाइनको पहिलो चरणको काम सकिएको बताए । उनले पोखरा विमानस्थलको परिफेरीको लागि आवश्यक पर्ने थप १ सय ७ रोपनी जग्गा अधिग्रहणको काम अगाडी बढ्को बताए ।

पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजनाले विसं २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जमिन अधिग्रहण गरेकोमा नपुग ५ सय २१ रोपनी जग्गा र ३५ वटा घरटहरा अधिग्रहण गरिसकेको पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रदिप अधिकारीले जानकारी दिए ।
उनले अधिग्रहणका लागि दुई अर्ब ३४ करोड ७० लाख मुआब्जा वितरण गरेको बताए विमानस्थलको ठेक्का लिएको चीनको ठेकेदार कम्पनी सिएमसीइको प्राविधिक टोली आइसकेको र निर्माण अवधिभर कम्पनीको प्राविधिक टोली, कर्मचारी र कामदार बस्ने अस्थायी भवन बनाउने काम भइरहेको अधिकारीले बताए ।

कार्यक्रममा सभासद सारदा पौडेल, डिवि नेपाली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, निर्वतमान अध्यक्ष विन्दुकुमार थापा, पश्चिमाञ्च होटल संघका अध्यक्ष भरत पराजुली लगाएतले सुझाब दिएका थिए । कार्यक्रममा विमानस्थलबाट प्रभावित स्थानीय बासिन्दा बोधराज कार्की, रोमबहादुर कार्की, गोकर्ण कार्की, भीमसेन थापा, बलराम कुँवर लगायतले कबुल गरेका पूर्वाधार विकासका काम तत्काल सुरु गर्न आग्रह गरेका थिए । बैठकले थप जग्गा अधिकरणका काम अगाडी बढाउने, निर्माणाधी विमानस्थकला सामानको सुरक्षाका लागि सुरक्षा निकाय खटाउने लगाएका निर्णय समेत गरेको छ ।