विभिन्न क्षेत्रका उत्कृष्ट ठकुरीहरु पोखरामा सम्मानित


पोखरा । नेपाल ठकुरी संगम परिवार कास्कीले शनिबार पोखरामा आयोजित २१ औं साधारण सभामा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट ठकुरी बन्धुहरुलाई सम्मान गरेको थियो ।

सो अबसरमा कृस्तिका रामबहादुर हमाल, बगरका दुर्गाबहादुर हमाल, भलामका रामबहादुर हमाल, छोरेपाटनका बालकृष्ण शाही, शिक्षा क्षेत्रबाट दिपेन्द्र मल्ल, ठकुरी युवा परिवारका अध्यक्ष पितम सेन, एन जे सागर शाह, क्षेत्रीय सदस्य तथा जिल्ला समितिका सदस्य हरुलाई प्रमुख अतिथिले दोसल्ला, अबिर र सम्मान पत्रले सम्मान गरेका थिए ।

साधारण सभाको नेपाल ठकुरी संगम परिवार महासंघका केन्द्रिय अध्यक्ष चन्द्रकुमार सिंह ठकुरीले गर्दै ठकुरी जातिलाई सम्बिधानमा लेखियो मात्रै त्यसको अर्थ अहिलेसम्म पनि नलगाइएको बताए । उनलेे अबको मुख्य कार्य भनेको नेपालका सम्पुर्ण जिल्लामा संगठन बिस्तार गर्ने, इकाईलाई मजबुत पार्ने उद्देश्य लिएको बताए ।

साथै उक्त अबसरमा शुश शाही मल्लको आर्थिक सहयोग र ॠषभ फिल्म प्रोडक्सन प्रालिका एन जे सागर शाहको संयोजनमा तयार गरिएको “बेस्ट सङस अफ ठकुरीज” अडियो सिडिको बिमोचन गरिएको थियो ।

सो अडियो सिडिमा नेपालका ख्याती प्राप्त गायक गायीकाहरु तिलक बम मल्ल, दुर्गा शाह ‘बाबा’, राम्जी खाँड, एनजे सागर शाह, रेखा शाह, सिन्धु मल्ल, सुनिल सिंह ठकुरी, सुरज शाही,शम्भोज मल्ललगाएतका उत्कृष्ट गीतहरु समाबेश गरिएको छ ।

सिडिको केन्द्रिय अध्यक्ष चन्द्रकुमार सिंह ठकुरी, कास्की जिल्ला अध्यक्ष लगाएतले बिमोचन गरेका थिए ।

सो साधारण सभामा सचिव रामबहादुर हमाल ठकुरीको प्रगति प्रतिबेदन र कोषाध्यक्ष सु. चित्र बहादुर मल्लले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको थियो ।