यूरोपेली संघका लागि नेपाली राजदूतमा थापा,जिम्मेबारी बढ्यो  


बार्सिलोना/ बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा यूरोपेली संघका लागि नेपाली राजदूत पदमा नियुक्त भएका छन्। मन्त्रीपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपालको संबिधान धारा २८२ को उपधारा (१) बमोजिम थापालाई नियुक्त गरेको शीतलनिबासले विज्ञप्ति मार्फत जनाएको छ।

परराष्ट्र मन्त्रालयमा २७ बर्ष लामो कामको अनुभव बटुलेपछि बेल्जिययका लागि राजदूतमा भएर आएका थापाले यूरोपेली संघको समेत जिम्मेबारी पाएका छन्। थापाले गत साता मात्रै बेल्जियमका राजा समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका थिए।

थापा सन् १९९२ पछि बेल्जियमका लागि छैठौं राजदूतका रुपमा जिम्मेबारी सम्हालेका हुन्। उनले पछिल्लो क्रममा मन्त्रालयमा सह-सचिवको जिम्मेबारी सम्हालेका थिए। बेल्जियममा राजदूत नियुक्त हुनु अघि पासपोर्ट शाखामा महानिर्देशकको रुपमा कार्यरत थापाले यस अघि चिन,साउदी अरब र अष्ट्रेलियाको मिसनमा समेत अनुभव बटुलेका छन्। थापाले अष्ट्रेलियामा उप- नियोग प्रमुखको रुपमा काम गरेर थिए।

परराष्ट्रमा करिव ३ दशक लामो अनुभव बटुलिसकेका थापाले नेपालको बेल्जियम,नेदरल्याण्ड,लक्जम्बर्ग र युरोपीयन युनियनसँगको सम्बन्धलाई अझै बलियो बनाउँने प्रतिबद्दता जनाईसकेका छन् ।