कांग्रेस यूरोपेली भेला जर्मनीमा सुरु (फोटोफिचर सहित)


फ्रयांकफोर्ट । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको युरोपस्तरीय भेला आजदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त भेलालाई नेपाली जनसम्पर्क समिति जर्मनीले आफ्नो १० औं बार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको हो।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले प्रमुख अतिथिको रुपमा भेलाको उद्घाटन गरेका  छन् ।नेपाली जनसम्पर्क समिति यूरोपका कार्यवाहक सभापति पूर्ण हमालको सभापतित्वमा शुरु भएको कार्यक्रममा जनसम्पर्क समिति जर्मनीका निवर्तमान सभापति विजय मोक्तानले स्वागत मन्तब्य दिए । कार्यक्रमको संचालन महामन्त्री गंगाधर गौतमले गरेका छन् । भेलाको सफलताको लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शुमकामना सन्देश पठाएका छन् । सन्देशमा देउवाले मुलुक गम्भिर राजनीतिक परिवेशबाट गुज्रिरहेको बताउँदै पार्टीका सबै सांगठानीक संरचनाहरुलाई चनाखो रहन आग्रह गरेका छन् ।

जर्मनीको फ्रयांकफोर्डको होस्ट होफमा जारी भेलामा नर्बे, स्वीडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्तुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्स्जम्बर्ग, पोल्यान्ड, बेलायत लगायतबाट  प्रतिनिधिले भाग लिएका छन् ।15492207_10210062838901801_1545307617168004627_nभेलामा पार्टी गतिविधिलाई यूरोप क्षेत्रमा सशक्त रुपमा विस्तार गर्न तथा संस्थागत संरचनाबारे धारणा बनाउने बताइएको छ । नेपाली जनसम्पर्क समिति यूरोपले दिएको जानकारी अनुसार आइतवारको भेलाले संगठनको आन्तरिक बिषयमा छलफल गर्ने छ । यस्तै समितिको दोश्रो अधिवेशन, विधान संशोधन, अधिवेशन आयोजक तथा निर्वाचन समितिको गठन लगायतका एजेन्डामा पनि छलफल हुने बताईएको छ।

भेलाको दोश्रो दिन सोमबार बृहत अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । अन्तक्र्रियामा जर्मनीस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थालगायत गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।15135976_10210062841541867_7594398054812277592_n15326377_10210062839821824_7351254928867347317_n15390717_10210062840301836_4051112332763707143_n15418587_10154149181773441_5127073008643526602_o15338687_10210062839341812_4183349383854159128_nimg_123315350530_1675390532486560_4609208496513618106_n15390726_1675391095819837_2890486221900890614_n15492117_1675390242486589_23107774757690842_n