यूरोपमा फुटबल रङ्गशाला आतङ्कारी निशानामा, टर्कीमा ३८ जनाको मृत्यु


टर्कीको इस्तानबुलमा एक फुटबल रङ्गशाला नजिक भएको बम बिस्फोटमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । बिष्फोटमा १ सय ६० भन्दा बढी घाइते भएका छन् । प्रहरीमाथि लक्षित गरी एउटा कार बम तथा एउटा आत्मघाती बम विस्फोट भएको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोइललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इस्तानबुलस्थित बेसिकटस रंगाशालाबाट फुटबलप्रेमीहरु निस्किएको दुई घण्टापछि त्यहाँ नजिकै पहिला बम हमला भएको र लगत्तैपछि गोली चलेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।टर्कीका मुख्य शहरहरुमा हालै भएका हमलाहरुमा दर्जनौं मानिसहरुले ज्यान गुमाइसकेका छन्।img_1234

यो पछिल्लो हमला कसले गरेको भन्ने कुनै समूहले बताएका छैनन् तर यो वर्ष टर्कीमा कुर्द लडाकु र इस्लामिक स्टेट भनिने विद्रोही समूहले बम हमलाहरु लहरै गर्दै आएका थिए।विष्फोट इस्तानबुलस्थित बेसिक्तास रंगशाला नजिक भएका हो ।