तराना सांगीतिक साँझको आयव्यय सार्वजनिक


श्रीमान थुलुङ्ग

कृष्ण रानाभाट /पोखरा । तराना म्युजिक सेन्टरले गत बर्ष फागुनमा गरेको तराना म्युजिक साँझ २०७२ को आयव्यय शनिबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको छ ।

सेन्टरका संचालक श्रीमान थुलुङ्गले फागुन २३ गते सम्पन्न तेस्रो तराना साँगितिक साँझमा टिकट बिक्रिबाट ६१ हजार पाँच सय, ब्यक्ति तथा संघसंस्थाबाट सहयोग ९२ हजार गरि एक लाख ५३ हजार पाँच सय आम्दानी भएको र खर्च ९८ हजार पाँच सय भैइ ५५ हजार बचत भएको बताएका थिए ।

प्रमुख अतिथि गुरुङ चलचित्रका नायक तथा संस्कृतिबिद ताराबहादुर गुरुङले संस्थाले गरेका कुनै पनि कार्यक्रम सकिए पछि नाफा भए पनि घाटा भएपनी आयव्यय सार्वजनिक गर्नु आगामी दिनमा गरीने कार्यक्रमको लागि बिश्वास प्राप्त गर्नु बताए ।

तराना म्युजिक सेन्टरले बिगत तीन बर्षदेखि नव प्रतिभाहरुलाई स्टेज प्रदान गर्न र प्रतिभा प्रस्फुटनको अबसर दिन सांगीतिक कार्यक्रम गर्दै आएको सेन्टरका संचालक थुलुङ्गले बताउँदै बचत रकमको ब्याजबाट असहाय जेहेन्दार प्रशिक्षार्थीहरुलाई निशुल्क संगीत सिकाउँदै आएको छ भने हाल सम्म एक लाख ६८ हजार उक्त कोषमा रहेको छ ।