संविधान संशोधन प्रस्ताव फिर्ता हुन्न, बरु परिमार्ज गर्न सकिन्छ : प्रचण्ड (छापाबाट)


प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आफूले जोखिम मोलेर संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै त्यसलाई कुनै हालतमा फिर्ता नलिने अडान दोहो¥याएका छन् ।

‘सरकारले संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता लिन्न ।बरु परिमार्जन गर्न सकिन्छ’ वीरेन्द्रनगरमा बिहीबार कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दैप्रचण्डले भने, ‘सबै भूगोल, जात जातिको असन्तुष्टि सम्बोधन गरेर सरकार छिटो निर्वाचनको मिति घोषणा गर्न तत्पर छ ।’

उनले केही दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा गरिने बताए । हाल दर्ता गरिएको संशोधन प्रस्ताव कांग्रेस एमालेले नै तयार पारेको ड्राफ्ट भएको उनको भनाई थियो । आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।