राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरामा सुरु,राजनीतिक दलहरुवीच एकता आवश्यक रहेको मन्त्री शाहीको भनाई


राजाराम पौडेल, पोखरा-  राष्ट्रिय औद्योगिक ब्यापार मेला  पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा बिहबारदेखि सुरु भएकोछ । पुस ४ गतेसम्म सञ्चालन हुने मेलाको पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले गरे । मेलाको उद्घाटन गदै उनले आर्थिक समृद्धि विना देशमा शान्ति स्थापना हुन नसक्ने बताए। उनले देशमा राजनीतिक क्रान्तिहरु हुने तर आर्थिक विकास नहुदाँ टिकाउन नहुने गरेको बताए । ।‘आर्थिक विकास भएमात्रै शान्ति हुन्छ र देशमा राजनीतिकस्थिरता कायम हुन्छ ।’उहाँले राजनीतिक दलहरुले आर्थिक समृद्धिका कुरा बढि र काम कम गर्ने भएकाले जनताले विश्वास गर्न छाडेको बताए।

उनले नेपालाई तिन वर्षभित्र विकास गर्न सकिने बताउदै त्यसका लागी सवै राजनीतिक दलहरुवीच एकता आवश्यक रहेकोमा जोड दिए । उनले मेला महोत्सवमा आन्तरीक उत्पादनलाई महत्व दिनुपर्नेमा जोड दिए। ‘मेलाहरुमा स्थानिय उत्पादनहरु राख्न सकेमात्रै प्रवद्धन गर्न सकिन्छ, मेला भन्ने विदेशी सामान बेचेर प्रवद्धन हुनसक्दैन् ।’ उनले पोखरा पर्यटन क्षेत्रको मुुटु भएको यसको प्रवद्धन गर्र्नुपर्ने खाँचो औल्याए । उनले पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तराष्टिय विमानस्थल निर्माण हुने भन्दै ढुक्क हुन आग्रह गरे ।‘पोखरामा विमानस्थल बन्छ, दाताले नदिएपनि आफनै लगानीमा बनाउछौ ।

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर प्रधानले ब्यवसायीहरु राजनीतिक आस्थाका आधारमा फुटन् नहुनेमा जोड दिए । यवसायीक एकता आवश्यक छ, राजनीतिक दलका भातृसंस्थाका रुपमा ब्यवसायीहरु संगठीत हुने काम उचित हुदैन उनले भने । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, संघका महासचिव दामु अधिकारी लगायतले बोलेका थिए ।

मेला उद्घघाटनअघि संघको कार्यालय गैह्रापाटनबाट प्रभातफेरि सुरु भई मेला स्थल पुगेर टुङ्गिएको थियो । मेलामा अत्याधूनिक डोममा निर्मित विशेष प्रकारका ७८ वटा स्टल, रेष्टुरेन्टका १३, अटोको ५३, मेड इन नेपालमा १० र हस्तकलाका २५ फ्लोरिकल्चरका ४ र साधारण तर्फ ११२ सहित २९५ स्टल रहेको संघक अध्यक्ष विश्वशंकर पालिखेले बताए । मेला अबधिभर झण्डै ३ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान छ । मेलामा एक करोड १० लाख रुपैयाँ आम्दानी हुने र ९० लाख रुपैया खर्च भई २० लाख रुपैयाँ वचत हुने अपेक्षा गरिएको छ ।

मेला यसपटक मुख्य आकर्षणमा अन्तर्राष्ट्रियस्तरका रेस्लरहरुको रेस्लिङ प्रदर्शन र बडिविल्डिङ रहेका छन् । विगतका मेलामा भन्दा नयाँ पन दिन रेस्लिङ, बडिविल्डिङ, गायन तारा र फेसन सोलाई समावेश गरिएको आयोजनकले जनाएको छ । गायन तारामा प्रथम हुनेले १ लाख र द्धितीय हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । मेलामा लोकदोहोरी, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, हाँस्य कलाकारहरुको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत रहने महासचिव दामु अधिकारीले जानकारी दिए ।