संविधान संशोधन नै अहिलेको मुख्य एजेण्डा : डाक्टर बाबुराम भट्टराई


राजाराम पौडेल,  पोखरा – पुर्वप्रधानमन्त्रि एवं नया शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराइले संविधान संशोधन नै अहिलेको मुख्य एजेण्डा भएको वताए । संविधान संशोधन नगरे सम्म देशमा स्थिरता नआउने भएकाले यसलाई संशोधन नगरी अगाडी वढन् नसक्ने वताए ।

प्रेस सोसाइटी कास्कीले पोखरा बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै डाक्टर भट्टराइले आफुले प्रतिपक्ष र सत्ता पक्ष संग विभिन्न छलफलहरु जारी राखेर राजनितीक निकास तर्फ अग्रसर भइरहेको र सवै पक्षलाई जुटाएरनै संविधान संशोधन हुने उनको भनाइ रहेको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले संविधान निर्माणको बेलामा बाहिर रहेका राजनैतिक पार्टीहरु पनि अहिले संविधान संशोधन गरेर देशलाई निकास दिन तर्फ अग्रसर भइरहदा प्रतिपक्ष दल एमालेले संविधानको फुलिस्टप र कमा पनि परिवर्तन हुन सक्दैन भन्नु गलत र असान्दर्भिक रहेको वताए ।

संघियताको विषयमा सिंमांकन र नामांकन को विषयमा राज्य पुनसंरचना समिती र आयोगको बीचमा सच्याएर अगाडी वढ्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्नेमा संविधान संशोधनबाट पार लाग्ने भएकाल संबिधान संशोधन तर्फ लागेर १० प्रदेश निर्माण गर्न सकेको खण्डमा अहिलेको समस्या समाधान हुने उनको भनाइ रहेको थियो । भट्टराईले आफूमाथि भएको जुत्ता प्रहारको घटनालाई सामान्य रुपमा लिएको बताए ।  उनले  नयाँ शक्ति नेपालको बैकल्पिक राजनीतिक शक्ति बनाउने तयारीका साथ देशब्यापी अभियानमा जुटेको बताए ।

प्रेस सोसाइटी कास्कीका संयोजक सन्जय मल्लको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको  संचालन सोसाइटीक केन्द्रीय सदस्य अमृत सुवेदीले गरेका थिए ।