खेलकुदलाई अनिर्वाय क्षेत्रका रुपमा अगाडी बढाउनुपर्छ : एमाले वरिष्ठ नेता खनाल


राजाराम पौडेल,पोखरा- पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी पश्चिमाञ्चलस्तरीय क्षेत्रीय छनोट खेलकुद प्रतियोगिता सोमबारदेखि पोखरा रगंशालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले गरे । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिदै अनिर्वाय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए। ‘खेलकुदलाई अनिर्वाय क्षेत्रका रुपमा अगाडी बढाउनुपर्छ ।’उनले संविधान कार्यान्वयनमा सवै राजनैतिक दल एकतावद्ध हुन आव्हान गर्दै उनले यसमा कसैले खुट्टा कमाउनु नहुने बताए । संविधान घोषणा गर्न सक्ने तर कार्यान्वयन गर्न किन नसक्ने उनको प्रश्न थियो ।
खेलकुदलाई मानवले नै विकास गरेको बताउदै खेलकुद जीवनको अभिन्न अंग बनिरहेको रहेको बताए। खेलकुदले देशलाई चिनाउने भएकाले यसमा बजेट बृद्धि गर्नुपर्ने बताए । खेलाडीले अन्तराष्ट्रि खेलहरुमा विजय प्राप्त गदै नेपालको गौरव बढाउदै देशको पहिचान र स्वाभिमानलाई माथि उठाउने काम गरेको बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुद क्षेत्रलाई राज्यले आवश्यकता अनुसारको लगानी गर्न नसकेको बताए ।

उनले खेलकुदमा पदक प्राप्त गर्न पूर्वाधार, प्रशिक्षण र प्रतियोगितामा ध्यान दिनुपर्नेमा जोड दिए । खेलाडीले आफनो अन्र्तर मनबाट देशको इज्जत र प्रतिष्ठा जोगाउन खेलेको भएपनि राज्यले उनीहरुको लागी केही गर्न नसकेको बताए । उद्घाटन खेल क्षेत्रीय अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा भएको थियो भने संचालन पत्रकार दिपेन्द्र श्रेष्ठ र धन्यबाद ज्ञापन क्षेत्रीय कार्यालय प्रमुख लक्ष्मण योगीले गरेका थिए ।

प्रतियोगिता अन्र्तगत उद्घाटका अवसरमा आयोजना गरिएको १५ सय मिटर छात्र दौडमा गुम्मीका रोहित अधिकारीले खेलमा पहिलो स्वर्णपदक जिते् । उनले ४ मिनेट २३ सेकेण्डमा निर्धारित दुरी पारगदै स्वर्ण पदक जिते हुन् । पर्वतका प्रकाश कुँवरले ४ मिनेट ३३ सकेकेण्डमा दुरी पुरा गदै रजत पदक र बाग्लुङका चन्द्रबहादुर मल्लले ४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी पार गदै कास्य पदकमा चित्त बुझाए ।