ड्याम साइड क्लबलाई जापान शाखाको ५० हजार हस्तान्तरण


पोखरा । ड्याम साईड क्लब पोखरा १७ लाई जापान शाखाले ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

जापान शाखाले नेपाल फेडेरेसन कप जापानमा दोस्रो स्थान गरि प्राप्त पुरस्कार मध्ये ५० हजार ड्याम साईड क्लबलाई प्रदान गरेको हो ।

उक्त रकम जापानमा ब्यबसाय गरेर बसेका ड्याम साईड निवासी अमृत गुरुङले आइतबार एक कार्यक्रममा क्लबलाई हस्तान्तरण गर्दै ड्याम साईड क्लबलाई ब्यक्तिगत रूपमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा क्लबका युएई शाखा संयोजक भुपेन्द्र थापा मगरले युएईमा क्लबले गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।

नेपाल आर्मीका क्याप्टेन मोहन चन्द्र गुरुङले बाल्यकालमा फुटबल प्रति को अनुभव बताउँदै त्यस बेला खेलमैदान प्रसस्त थियो, खेलाडी प्रसस्त थिए तर खेल्नको लागि बल एउटा मात्र थियो, तर अहिले खेलमैदानको अभावमा खेलाडीहरु उत्पादनमा समस्या देखिएको बताए ।

क्लबका अध्यक्ष पदम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव रमेश प्रसाद बरालले र स्वागत सल्लाहकार राजु गुरुङले गरेका थिए ।
received_1368752906481988