न्यायिक बाह्यपहुँच कार्यक्रम कास्कीको धितालमा


 

राजाराम पौडेल,पोखरा-कास्की जिल्ला अदालतको आयोजनामा कास्की जिल्लाको धिताल गाउँ विकास समितिको कार्यालय प्राङ्गणमा न्यायिक बाह्यपहुँच कार्यक्रम सम्पन्न भयो । कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सोमनाथ अधिकारी, राजु परियार, झलक बहादुर पौडेल क्षेत्री, पुर्ण प्रसाद गौतम, गोविन्द्र ढुङ्गाना, नन्दलाल ढुङ्गाना लगायतले आफ्ना जिज्ञाशा राखेका थिए ।
यसरी आएका प्रश्न र जिज्ञाशालाई कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्ण, स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, जिल्ला न्याधिवक्ता गंगा प्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश बमले मेटाएका थिए । आफ्नै ठाउँमा आएका जिल्ला न्यायाधीश समक्ष प्रश्न तथा जिज्ञाशा राख्न पाउँदा स्थानिय उत्साहित देखिन्थे  ।
धिताल गाउँ विकास समितिका सचिव बुद्धिसागर पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला अदालतका तहसिलदार खुम प्रसाद भण्डारी, शाखा अधिकृत दुर्गा बहादुर कार्की, बराह उच्च माविका प्राचार्य रामजी प्रसाद पौडेलले समेत बोलेका थिए । झण्डै तीन घण्टासम्म चलेको कार्यक्रममा सहभागी भई विभिन्न विषयमा जानकारी प्राप्त गर्न पाएकोमा स्थानिय महिला बढि उत्साहित थिए । कार्यक्रममा झण्डै एक सय जना स्थानियको सहभागिता थियो ।
कास्की जिल्ला अदालतले परामर्श सेवा, बारबेन्च अन्र्तक्रिया, स्थानिय निकायका सचिव र तामेल्दारबिच अन्र्तक्रिया, सरकारी वकिल र प्रहरिबिच अन्र्तक्रिया, सञ्चारकर्मीसँग अन्र्तक्रिया, सरोकारवालाबिच अन्र्तक्रिया लगायतका कार्यक्रमको आयोजना गरि न्यायमा जनताको सहज पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिँदै आएको स्रेस्तेदार कृष्ण प्रसाद नेपालले बताए ।