हजारौको सहभागिता बिच नेपाल फेस्टिभल सिड्नीमा सम्पन्न


बहुप्रतिक्षित नेपाल फेस्टिवल २०१६ सिड्नीको मुटु डार्लिङ हार्वरमा भब्य रूपमा सम्पन्न भएको छ ।नेपालका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अपरान्ह महोत्सवको उदघाटन गरे। महोत्सवमा सिड्नीसँगै अष्ट्रेलियाका बिभिन्न भागबाट आएका हजारौं नेपालीहरुको सहभागिता जनाएका छन् ।

महोत्सवलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महतले अष्ट्रेलियामा रहेको नेपाली समुदायको प्रसंसा गरे । उनले बिदेशी र नयाँ पुस्ताका नेपालीमाझ नेपाली कला र संस्कृतिको प्रर्बद्धन गर्न महोत्सव आयोजना हुनु अन्य देशका लागि पनि अनुकरणीय रहेको बताए ।img_1117कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, एनएसडब्लु क्षेत्रका सिनेटर श्याम द्यास्त्री, महोत्सवका आयोजक समिति संयोजक दिनेश पोखरेल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

महोत्सवमा नेपाली ब्यापारिक प्रतिष्ठान, नेपाली खाना, संस्कृतिक प्रर्बद्धन लगायतका ३५ वटा स्टल रहेका छन् । नेपाली संस्कृति प्रर्बद्धनका लागि बेग्लै नेपाल हाउसको समेत ब्यबस्था गरिएको छ ।img_1116

औपचारिक कार्यक्रम समापनसँगै साँझ पाँच बजेबाट बिविध सांस्कृतिक कार्यक्रम भएको छ । जसमा अन्जु पन्त, मञ्जु पौडेल, सुगम पोखरेल, कन्दरा समूह लगायतले बिविध सांस्कृतिक प्रस्तुतीहरु थियो । आतिसबाजीसहित सम्पन्न भएको महोत्सवमा २० औं हजार मानिस सहभागी भएका थिए ।

सन् २००६ बाट पहिलोपटक अष्ट्रेलियाको सिड्नी गैरआवासीय नेपाली संघले नेपाल महोत्सवको आयोजना गरेको थियो । यो नेपाल महोत्सवको छैटौं संस्करण हो ।

महोत्सवको औपचारिक कार्यक्रमअगाडी सिड्नीमा शान्ति पदयात्रा आयोजना गरिएको थियो जसमा राष्ट्रिय पोशाक, बाजागाजा र झण्डासहित सयौं नेपाली सहभागी भएका थिए ।