पोखरामा बनाइयो११ सय ३७ वटा अण्डाको एउटै अम्लेट


राजाराम पौडेल,पोखरा-पोखरा रगंशालामा जारी सिटि रेवान महोत्सवमा शुक्रबार ११ सय ३७ वटा अण्डाको एउटै अम्लेट बनाइयो । नेपाल सम्वत ११३७ को अवसरमा सिटि रेवानले ११३७ वाटा अण्डाको अम्लेट बनाएको हो । महोत्सवको आकर्षण पनि हुने र नेपाल सम्वत सवै नेपालीको साझा सम्वतका रुपमा स्थापित गर्न पनि ११३७ वटा अण्डाको अम्मलेट बनाएका हौ संयोजक सागर लुईटेलले बताए ।

महोत्सवस्थल पोखरा रगंशालमै अम्लेट बनाउनका लागी आठ बाई आठको ठूलो छुटटै ताई निर्माण गरिएको थियो ।‘अम्लेट बनाउनकै लागी फतामको ठूलो ताई नै ब्यवस्था गरेको हौ ’सिटि रेवानका महासचिव दिपक तिमिल्सिनाले बताउनुभयो ।एकै पटकमा ११३७ ओटा अण्डाको अम्लेट बनाइएको नेपालमा यो पहिलो हो । यसअघि चितवनमा १ हजार अण्डाको एउटै अम्लेट बनाइएको थियो । नेपालमै यो पहिलो हो यति धेरै अण्डाको अम्लेट बनाइएको संयोजक लुइटेलले भने ।

उक्त अम्लेटको राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्रि पंगेनीले काटेर सिटि रेवान पोखराका अध्यक्ष केपी शर्मालाई खुवाइएको थियो। भने महोत्सवमा टिकट काटेर आएका दर्शकलाई निशुल्क रुपमा वितरण गरिएको थियो ।