अल्टालाईट दुर्घटनामा अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु, एक घाइते


राजाराम पौडेल, पोखरा- पोखरामा अल्टालाईट दुर्घटनामा परि पाइलटको ज्याने गएको छ भने एक जना घाइते भएका छन् । कास्कीकोट गाविसको लौरुकमा अल्ट्रालाइट दुर्घटनामा परेको हो । दुर्घटनामा परेको अल्ट्रालाइट एभिया क्लब हो । बुधबार विहान दुर्घटना हुदा रसियन पाइलट अलेक्जेण्डर म्याक्सिमोभको ज्यान गएको प्रहरीले जनाएको छ । ९ एन एल एल ओपन फ्लाईट पुतली जहाज दुर्घटना भएको हो ।

कास्कीको चापाकोट गाविसको बाम्दी स्थित आफ्नै मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको हो । हेन्ड ग्लाइडिङलाई तानेर उडने क्रममा डोरी चुडिए पछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा घाइते क्यानेडियन पर्यटका घाइते भएका छन् । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृत्यु हुने अलेक्जेण्डर म्याक्सिमोभ को थिए त ?

२०६९ साल  वैशाख २३ को सेतीबाढीले पोखराको उपल्लो भेगमा ठूलो क्षती भएपनि तल्लो तटमा भने त्यती ठूलो मात्रामा मानवीय क्षती हुन पाएकोे थिएन । त्यसको मुख्य कारण थियो पोखराका एकजना अल्ट्रालाइट चालक ।

एभिया क्लवका अल्ट्रालाइट चालक क्याप्टेन अलेक्जेण्डर म्याक्सिमोभले वैशाख २३ शनिवारको दिन अल्ट्रालाइटको उडान भर्दै माछापुच्छ«े हिमाल नजिकै पुगेका थिए । उनले उडानकै क्रममा अन्नपूर्ण क्षेत्रमा पोखरा तर्फ आउदै गरेको कालो मुस्लो आकारको बाढी देखेर पोखरा टावरमा सम्पर्क गरी त्यस दिन म्याक्सिमोभबाट प्राप्त अग्रिम सूचना विमानस्थलको रेडियो टावर हुँदै प्रहरी, जिल्ला प्रशासन र स्थानीय एफएम रेडियो स्टेसनसम्म पु¥याएर पोखरेलीलाई बचाउन सफल भएको थियो ।

उनले सन्देश प्रवाह गरेपछि सेतीको तल्लो तटमा बसेका र बालुवा चाल्ने काम गरिरहेकाहरू लाई सशस्त्र प्रहरी प्रहरी लगायतको आकस्मिक टोली तुरुन्तै सो स्थानबाट हटाउने र बाढीमा परेकालाई उद्धार गर्न सफल भएको थियो । यसरी पोखरेलीलाई बेलैमा सचेत गराउने र बचाउने अलेक्जेण्डर म्याक्सिमोभले आज आफैलाई बचाउन सकेनन । बुधवार बिहान कास्कीको चापाकोटमा रहेको एभिया क्लवको धावन मार्गमा ह्याण्ड ग्लाइडरलाई उडाउने क्रममा दुर्घटनामा परी ६५ वर्षिय अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु भएको हो । ह्याण्ड ग्लाइडर उडाउने क्रममा अल्ट्रालाइटमा जोडिएको डोरी चुडेर दुर्घटना हुदा म्याक्सिमोभको मृत्यु भएको हो ।

१४ वर्षदेखि पोखरामा बसेर अल्ट्रालाइट उडाउँदै आएका उनी अनुभवी पाइलटमध्ये गनिन्थे। आखिरमा उनको निधन पनि आफैंले चलाएको अल्ट्रलाइट जहाज दुर्घटनामै भयो । पोखराको पर्यटन प्रवर्द्धनमा पनि म्याक्सिमोभको ठूलो योगदान रहेको स्थानीय व्यवसायी बताउँछन्। पोखरामै बसेर अल्ट्रालाइट उडाउनुका अतिरिक्त पाइलट उत्पादनमा पनि उनको योगदान थियो। उनले सिकाएका केही पाइलटले पोखरामा अल्ट्रालाइट उडाउँदै आएका छन । म्याक्सिमोभले नेपालमा ‘एसेम्बल’ गरिएको पहिलो जहाज ‘डाँफे’ को सफल उडान समेत गरेका थिए । स्मरण रहोस उनको छोरा स्टेफेनको पनि अल्ट्रालाइट दुर्घटनामा केहीवर्ष अगाडी मृत्यु भएको थियो ।

 पोखरामा बसेर अल्ट्रालाइट उडाउने मात्रै कामका अलावा पाइलट उत्पादमा पनि उनको योगदान छ । उनले नै सिकाएका केही पाइलटहरुले अहिले पोखरामा अल्ट्रालाइट उठाउदै आएका छन् । करिब ६५ बसन्त पार गरेका उनी पाइलट उत्पादनमा व्यस्त थिए । सरकारले पाइटलका उमेरहद ६० वर्षबाट बढाए पछि उनी पुन काममा फर्किका थिए । अहिले अल्ट्रालाइट उठाउन सरकारले ६७ वर्षको उमेर हदतय गरेको छ । ‘निकै राम्रा पाइल थिए,’ फिस्टेल अल्ट्रालाइटका पाइलट अंकित बोहोराले भने, ‘लामो समय देखिको अनुभव भएका म्याक्सिमोभबाट हामीले नि धेरे सिकेका थियो ।’ उनले उनी एक लगन सिल र अनुभववी पाइलट भएको बताए ।

म्याक्सिमोभले पोखरा र नेपालका लागि अर्को ऐतिहासीक काम पनि गरेका थिए । उनले पहिलो नेपाली जहाज डाँफेलाई नेपाली आकाशमा उठाएका थिए । पोखराका यूवा बैज्ञानिक विकास पराजुली नेतृत्वको टोली निर्माण गरेको डाँफे जहाजलाई उनैले पोखराको आकाशमा उडाएका थिए । पोखरा बिमानस्थलमा १५ फिट माथि सम्म उठाएर नेपाली जहाजको परिक्षण उठान सफल बनाएका थिए ।

हुन त उनी नेपालमा जन्मिए हुकेका हैनन् तर पनि उनीको नेपाल र नेपालीको सँग सम्बन्ध नेपालीको भन्दा कम थिएन । पोखरामा १४ वर्ष देखि अल्ट्रालाइट उठाउदै आएका रसियन पाइल अलेक्जेण्डर म्याक्सिमोभको । तर बुधबार ड्रागन फ्लाइटको जहाजमा दुर्घटनामा परी उनको निधन भएको छ । उनी निकै अनुभवि पाइलट हुन् ।

उनले रसियामा जन्मे हुके पनि उनले पोखरा बासीलाई ठुलो गुन लगाएका छन् । २०६९ साल बैशाख २३ गते गएको सेती बाढीका बेला उनै अलेक्जेण्डर म्याक्सिमोभले बाढी आएको जानकारी दिएका थिए । सधैंजस्तै उनी एभियाको जहाजमा पर्यटकलाई घुमाउन हिमाली दृश्या अवलोकनका लागि माछापुच्छे हिमाल नजिक जादाँ माथीबाट बाढी आएका देखे पछि जानकारी दिएका थिए । उनले विमानस्थल टावरलाई रेडियो कम्युनिकेसन मार्फत खबर दिएका थिए । उनले पोखरा विमानस्थलको टावरमा माछापुच्छ्रेतिरबाट आएको पहिरो सेती नदीमा पुगेको जानकारी दिए । त्यस पछि विमानस्थल संचारमाध्यमलाई जानकारी पछि सर्वसाधारणलाई सेती नदिबाट अन्यत्र जान भनिएको थियो । ‘चारैतिर हेर्दै, उडिरहेको थिए,’ म्याक्सिोभले भनेका थिए, ‘एकाएक माछापुच्छ्रे क्षेत्रमा पहिरो देख, एकदमै आत्तिएँ, तुरुन्तै त्यहाँबाट बायाँ घुमेर सुरक्षित स्थानतर्फ लागेर खबर गरे ।’

उनले अरु बेला थोरै पानी बग्ने सेतीमा त्यतिबेला बाढीको वेग र उचाइ निकै बढी थियो । बाढीले सेती नदि वरपरको वनका रूख, र वस्तुहरू बगिरहेका थिए । सेती बाढिमा पनि करिब ५० जनाले ज्यान गुमाएका थिए भने कति बेपत्ता भएका थिए । उनले बाढीको खबर नदिएको भए त्यस बेला धेरैले ज्यान गुमान सक्ने शुरक्षा निकायको अनुमान थियो ।

उनी पोखरामा बसेर अल्ट्रालाइट उडाउने मात्रै कामका अलावा पाइलट उत्पादमा पनि उनको योगदान छ । उनले नै सिकाएका केही पाइलटहरुले अहिले पोखरामा अल्ट्रालाइट उठाउदै आएका छन् । करिब ६५ बसन्त पार गरेका उनी पाइलट उत्पादनमा व्यस्त थिए । सरकारले पाइटलका उमेरहद ६० वर्षबाट बढाए पछि उनी पुन काममा फर्किका थिए । अहिले अल्ट्रालाइट उठाउन सरकारले ६७ वर्षको उमेर हदतय गरेको छ । ‘निकै राम्रा पाइल थिए,’ फिस्टेल अल्ट्रालाइटका पाइलट अंकित बोहोराले भने, ‘लामो समय देखिको अनुभव भएका म्याक्सिमोभबाट हामीले नि धेरे सिकेका थियो ।’ उनले उनी एक लगन सिल र अनुभववी पाइलट भएको बताए ।

म्याक्सिमोभले पोखरा र नेपालका लागि अर्को ऐतिहासीक काम पनि गरेका थिए । उनले पहिलो नेपाली जहाज डाँफेलाई नेपाली आकाशमा उठाएका थिए । पोखराका यूवा बैज्ञानिक विकास पराजुली नेतृत्वको टोली निर्माण गरेको डाँफे जहाजलाई उनैले पोखराको आकाशमा उडाएका थिए । पोखरा बिमानस्थलमा १५ फिट माथि सम्म उठाएर नेपाली जहाजको परिक्षण उठान सफल बनाएका थिए ।