पुर्नसंरचना सिफारिसको विरोधमा प्रर्दशन


पोखरा -स्थानीय तह पुनर्संरचनामा चित्त नबुझेपछि विभिन्न ठाउँमा प्रदर्शन हुन थालेको छ । कतै गाविसका वडा टुक्र्याएको त कतै केन्द्र पायक नपरेको भन्दै विरोध हुने गरेको हो । सरकारले सीमांकन संशोधन प्रस्तावमा नवलपरासीदेखि बर्दियासम्म थरुहट प्रदेश बनाउने र नवलपुर क्षेत्रलाई ५ नम्बर प्रदेशमा गाभ्न गरेको गृहकार्यको नवलपुरवासीले विरोध गरेका छन् । नवलपरासीको डेढगाउँ, जौबारी, नरम, रुचाङ, भारतिपुर, मिथकरम, कोटथर, रकवालाई प्रदेश नं. ५ मा राख्दै संविधान संशोधन गर्न खोजिएकोले विरोध स्वरुप आन्दोलमा उत्रिनु परेको सर्वदलिय संर्घष समितिका संयोजक इश्वर श्रेष्ठले बताए । नवलपरासी जिल्लाको नवलपुर र पहाडी क्षेत्रको भुगोल प्रदेश नं. ४ मा नै रहनु पर्ने भन्दै हामीहरु आन्दोलनमा उत्रिएका छौँ’ उनले भने ।  सर्घष समितिले विरोध स्वरुप मंगलबार दुईघण्टा तनहुँ जिल्लाको खैरनीटार मिल डाँडामा पृथ्बिराजमार्ग अवरुद्ध पारेको थियो । नवलपरासीको त्रिवेणी, दाउन्नेदेखि पूर्व गैँडाकोटसम्म प्रदेश नं. ४ मा नै हुनुपर्ने माग राखेका उनीहरुले  माग सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रीने चेतावनी दिएका छन् ।